मनोहरा जेसिजले बिद्यार्थीहरुलाई बिध्यालय पोशाक प्रदान गर्यो
कपन अनलाइन
काठमाडौं मंगसिर,२४ ।नयाँ नेतृत्व आएसंगै मनोहरा जेसिसलाई चलयमान र सक्रिय बनाउदै आएको टिमले बिद्यार्थीहरुलाई बिद्यालय पोशाक वितरण गरेको छ ।कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ अधिकारी गाउमा रहेको श्री मणिलिङगेश्वर आधारभूत बिद्यालयमा अध्ययनरत करिब ८० जना बिद्यार्थीहरुलाई बिध्यालय पोशाक वितरण गरेको मनोहरा जेसिजका वर्ष २०२१का अध्यक्ष जेसी सागर रोक्काले कपन अनलाइनलाइ जानकारी गराए।
बिद्यालय प्राङ्गणमा आज बिहान नेपाली कांग्रेस कागेश्वरी मनोहरा नगर सभापति उद्दब दाहालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा बिशेष अतिथिको रुपमा नेपाल जेसिज राष्ट्रिय उपाध्यक्ष बर्ष २०२१कि जेसी रजनी थापा रहेकी थिइन भने अतिथिको रुपमा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुनिल तामाङ सहित मनोहरा जेसिजका पदाधिकारी, स्थानीय समाजसेवी, बिद्यालयका प्रधानाध्यापक, कमल ढकाल शिक्षकहरु , अभिभावक तथा बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई बिध्यालय पोशाक वितरणले पढाइमा निरन्तरता आउने र जाडो समयमा विद्यालय नै नआउने स्थिति अन्त्य हुने बिश्वासका साथ उक्त कार्यक्रम आयोजना गरिएको अध्यक्ष रोक्काले जानकारी गराए । उनले अप्ठेरोमा रहेका बालबालिका तथा अन्य मानिसहरुलाई सकेको सहयोग गर्न मनोहरा जेसिज सधै तत्पर रहेको पनि जानकारी गराए ।
कार्यक्रममा बोल्दै नेपाल जेसिज राष्ट्रिय उपाध्यक्ष बर्ष २०२१कि जेसी रजनी थापा पोशाकको ब्यवस्था नहुँदा बिद्यार्थीमा नकरात्मक भावना पैदा हुने भएकोले पनि गरिव बिद्याथीहरु लाई पोशाककै कारणले शिक्षामा असर पर्न नहुने भन्दै मनोहरा जेसिजले गरेको कार्यको प्रसंशा गरेकी थिइन । कार्यक्रममा प्रमुख अतिथि लगायतले शुभकामना मन्तब्य राखेका थिए ।कार्यक्रममा धन्यबाद दिदै बिद्यालयका प्रधानाध्यापक कमल ढकालले जेसिजका सदस्यहरु मिलेर गरेको यो सहयोगले शिकाइ उपलब्धीमा समेत टेवा पुग्ने बिश्वास ब्यक्त गर्दै बिभिन्न समयमा जेसिजले गरिव तथा जेहन्दार बिद्यार्थीहरु प्रति गरेका लगानी खेर नजाने बताए।