नेपाली कांग्रेस बागमतीमा दोश्रो चरणको मतदान हुने,पहिलो चरणमा कसको कति मत ?

कपन अनलाइन
हेटौडा ,मंगसिर १९।
नेपाली काँग्रेसको बागमती प्रदेश अधिवेशन अन्तरगत नेतृत्व चयनका लागि भएको निर्वाचनमा तीन उम्मेदवार कसैको पनि बहुमत नपाएपछि फेरि मतदान हुने भएको छ । निर्वाचनमा सभापतिका दावेदार इन्द्र बानियाँ, जगदीश्वर नरसिंह केसी र भीमसेनदास प्रधान कसैको पनि बहुमत नआएको हो ।
निर्वाचन समितिका अनुसार इन्द्र बानियाँले ९९२ मत ल्याएका छन् भने केसीले ८७२ र प्रधानले १९७ मत ल्याएका छन् । यसैगरी १० मत बदर भएको छ हुनुका साथै केही मत खाली रहेको छ । नेपाली काँग्रेसको विधानअनुसार चुनाव जित्नका लागि ५० प्रतिशत मत कटाउनु पर्ने हुन्छ ।
अब अर्को चरणको चुनावमा बढी मत ल्याउने बानियाँ र केसीबीच चुनाव हुनेछ भने ५० प्रतिशत भन्दा बढी मत ल्याउने विजयी हुनेछ । कुल मतदाता २१५१ भएको बागमती प्रदेशमा २०८३ मत खसेको निर्वाचन समितिले जनाएको छ । अन्य पदतर्फको मतगणना भने सभापतिको टुंगो लागेपछि सुरु गर्ने निर्वाचन समितिको तयारी छ
तपाइँको प्रतिक्रिया ।