कपन डुवान समस्या समाधानका लागि साततले-आनिगुम्बा ब्लक कल्भर्ट निर्माण शुरु
कपन अनलाइन
काठमाण्डौ ,मंगसिर १८।
कपन डुवान समस्या समाधानका लागि साततले-आनिगुम्बा ब्लक कल्भर्ट निर्माण शुरु भएको छ।
लामो समय देखि डुवान विषद पिडा भोग्दै आएका कपनवासीहरुलाई सो समस्याबाट राहत प्रदान गर्न बुढानिलकण्ठ नगरपालिका वडा नं १२ को आनिगुम्बाबाट ब्लक कल्भर्ट निर्माण शुरु गरिएको हो।
बुढानिलकण्ठ नगरपालिकाका वडा नं १०,११ र १२ तथा काठमाण्डौ महानगरपालिकाको वडा नं ६ का स्थानीयहरुलाई निकै सास्ती दिएको डुवान समस्या समाधानका लागि पहिलो चरणमा १,४७० मिटर ब्लक कल्भर्ट निर्माण हुने वडा नं १२ का अध्यक्ष शम्भु भट्टराईले जानकारी दिएका छन।
अहिले आनिगुम्बा देखि मिलन चोक तरकारी बजार सम्म कल्भर्ट निर्माणका लागि २८ करोड ७३ लाख बजेट बिनियोजन गरिएको जानकारी दिदै भट्टराईले दई सिफ्टमा काम गरेर भएपनि सो योजना चाडै सम्पन्न गर्न ठेकेदार संग समझदारी गरिएको बताएका छन।