Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/11/260914051_435287188056478_4888706651996614090_n-1024x679.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/11/261944522_1964081167087346_6780867242601425025_n-1024x679.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

काठमाडौं जिल्ला सभापतिमा बानियाँ समूहको प्यानल घोषणा

कपन अनलाइन

काठमाडौँ, मंगसिर १२। नेपाली काँग्रेस काठमाडौँ जिल्ला सभापतिका लागि कृष्ण बानियाँ (सबुज) र उपेन्द्र कार्कीले उम्मेदवारी दर्ता गरेका छन् । काठमाडौँमा जिल्ला नेपाली काँग्रेसको कार्यालय कालोपुलमा शनिबार बिहान बानियाँ र कार्कीले प्यानलसहित सभापतिमा उम्मेदवारी दर्ता गरेका हुन ।नेपाली कांग्रेसको १४औं महाधिवेशनका कृष्ण बानियाँ (सबुज) को नेतृत्वमा प्यानल घोषणा गरिएको छ।पार्टीका नेता प्रकाशमान सिंह र गगनकुमार थापाको उपस्थितिमा शनिबार राजधानीको एक पार्टी प्यालेसमा भएको जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यको उम्मेदवारी घोषणा सभामा वर्तमान सभापति सबुज बानियाँको नेतृत्वमा प्यानल घोषणा गरिएको हो।

पार्टीको संगठनलाई शसक्त र बलियो बनाउन आफूले दोस्रो कार्यकालका लागि सभापति पदमा उम्मेदवारी दिन लागेको भन्दै बानियाँको समूहबाट उपसभापतिमा राजकुमार नकर्मी र गोकर्ण केसी, सचिवमा गोविन्द पुडासैनी र इन्द्रबहादुर थापा र सहसचिवमा रोमेल श्रेष्ठ र प्रा डा अमिता प्रधानलाई आफूहरुको प्यानलबाट उम्मेदवार बनाउने निर्णय भएको नेता थापाले घोषणा गरेका थिए। बानियाँले काठमाडौं कांग्रेसमा दोश्रो कार्यकालको लागि प्रतिष्पर्धा गर्दैछन्। हालका सचिव राजकुमार नकर्मीलाई उपसभापति र हालका कोषाध्यक्ष गोविन्द पुडासैनीलाई सचिव पदको उम्मेदवार बनाइएको छ । बानियाँको प्यानलबाट अर्का उपसभापतिका उम्मेदवार केसी र सचिव इन्द्रबहादुर थापा नयाँ अनुहार हुन्। घोषणासभामा बानियाँले पार्टीलाई संस्थागत, विधिसम्मत र नियमसम्मत ढङ्गले सञ्चालन गर्नका लागि १४औँ महाधिवेशनबाट सक्षम नेतृत्व आवश्यक रहेको बताए ।

कार्यक्रमलाइ सम्बोधन गर्दै नेता प्रकाशमान सिंहले २०७२ मा निर्माण भएको संविधानको नेतृत्व गरेको कांग्रेसले तीन तहको निर्वाचनमा किन हायो यसबारे गम्भीर समीक्षा हुनुपर्ने बताए। उनले लोकतान्त्रिक पार्टीको नेतृत्व गरेको व्यक्तिले आफ्नै नेतृत्वमा भएको निर्वाचन हारेपछि नैतिकताको आधारमा पद त्याग गर्नु पर्नेमा पुन प्रधानमन्त्री बन्न खोज्दा पार्टीले संघीय संसदको निर्वाचनमा २३ सिटमा खुम्चनु परेको बताए।

पार्टीको नेतृत्व परिवर्तन नगरेसम्म जनताले कांग्रेसलाई विश्वास गर्न नसक्ने भन्दै नेता सिंहले पटक पटक एउटै व्यक्तिले पार्टी र सरकारको नेतृत्व गर्दा पार्टीलाई समस्या परेको बताए।कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टीलाई विधिसम्मत ढङ्गले अगाडि बढाउनका लागि शीर्ष नेता अभिभावक बनेर बस्नुपर्ने भन्दै १२औं महाधिवेशनमा एकै ठाउँरहेका नेताहरुबीच उच्चस्तरको समझदारी गरी नेतृत्व परिवर्तन गर्न आवश्यक रहेको बताए।पार्टीका कार्यकर्ता र जनतालाई कसले निर्वाचन जित्छ भन्नेसँग भन्दा पनि भरोसायोग्य नेता पार्टीको १४औँ महाधिवेशनले खोजेको बताए ।उनले देशभर कांग्रेसको अधिवेशन भइरहँदा नारायणघाटमा एमालेले भने ओलीबेसन गरिरहेको बताए।बानियाँ नेतृत्वको प्यानल घोषणा सभामा पूर्वमहामन्त्री सिंह, नेता थापासहित काठमाडौंबाट निर्वाचित सांसद राजेन्द्र केसी,गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, दक्षिणकाली नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत, चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी र नागार्जुन नगरपालिकाका प्रमुख मोहन बस्नेत तथा काठमfडौं महानगरकी उपप्रमुख हरिप्रभा खड्गी लगायतको  उपस्थिति थियो ।

तपाइँको प्रतिक्रिया ।