Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/11/254669713_1833090016892629_1265974861278829791_n-768x1024.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ को प्रदेश (ख) उप सभापतिमा बच्चुराम शर्मा कुइकेलको उम्मेदवारी

कपन अनलाइन

काठमाडौं मङ्सिर २ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिदै जाँदा केन्द्र संग संगै प्रदेश, र क्षेत्र स्तरमा समेत उम्मेद्धारी घोषणा गर्ने क्रम दिन दिनै बढ्दै गएको छ । आसन्न १४ औं महाधिवेशनमा नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ को प्रदेश (ख) उप सभापतिमा बच्चुराम शर्मा कुइकेलले आफ्नो उम्मेद्धारी रहने घोषणा गरेका छन।नेपाली कांग्रेस काठमाडौं जिल्ला क्षेत्र नं ३ प्रदेश सभा (ख) चौधौं महाधिवेशन मा सभापति उमेदवार बिमल ठकुरी को समुहबाट उमेदवारी धोषणा गरेका उनि राजनीति संगसंगै समाजसेवामा पनि उत्तिकै सक्रिय रहेका छन । २०५१ साल बाट ने.बि.सघं ल क्याम्पस इकाइ बाट राजनितिमा प्रबेश गरेका उनले २०५२ सालमा नेपाली कांग्रेसको क्रियासिल सदस्य लिए पश्चात २०५६ मा नेपाल तरुणदलको इकाइ सचिबको भुमीकामा रही काम गरिसकेका छन १०औं महाधिवेशन देखी देखी निरन्तर नेपाली कांग्रेसमा क्रियासिल सदस्यमार्फत सक्रिय भुमिका निभाउदै आएका शर्मा ६२÷६३ को जनआन्दोलनमा लगायत नेपाली कांग्रेसको बिभिन्न गतिविधिमा सफलतापूर्वक भूमिका निर्वाह गर्दै आएका छन् ।

सहकारी अभियन्ताको रुपमा समेत काम गरिरहेका उनि २०६५ साल बाट बिभिन्न सहकारी संस्थामा रही हाल दश वर्ष देखी निरन्तर बिश्वज्योति बचत तथा ऋण सहकारी संस्था लि को अध्यक्षको जिम्मेवारीमा रहेर काम गर्दै आएका छन। कानुनको बिद्यार्थी समेत भएको नाताले बिभिन्न सघं संस्थाहरुको कानुनी सल्लाहकार भएर काम गर्दै आएका उनि बिभिन्न संघ संस्थामा समेत आवद्द रहेका छन। उनि ,महेन्द्र नारायण निधि अस्पतालको सदस्य हुन भने मानब अधिकार तथा शान्ति समाजको काठमाण्डौ शाखामा लामो समय बिभिन्न पदमा रहि पदीय दायित्व निर्वाह गर्दे हाल आजिबन सदस्य मार्फत क्रियासिल रहेका छन ।

स्वयम सेबि संस्था लायन्स क्लब अन्तराष्ट्रिय अन्र्तगत लायन्स क्लब अफ काठमाण्डै डाँफेको अध्यक्ष रहि बिभिन्न सामाजिक कार्यहरुमा क्रियासिल रहेका उनि , एमनेष्टी इन्टरनेशनल, नेपाल रेडक्रस सोसाइटि लगायत अन्य बिभिन्न सामाजिक संस्थाहरमा निरन्तर सक्रिय भुमिकामा रहि काम गरिरहेका छन ।चामुण्डा मा.बि पुर्व बिध्यार्थी मञ्चको सचिबको रुपमा पदीय जिम्मेवारी समेत बहन गरेका शर्माले नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ को प्रदेश (ख) उप सभापति पदमा आफूलाई सहयोग गरी हौसला प्रदान गर्न अनुरोध गर्दै सल्लाह सुझावको अपेक्षा समेत गरेका छन् ।

नेपाली कांग्रेस क्षेत्र नं ३ का वडा सभापति सहित क्षेत्रीय प्रतिनिधिहरुलाई शर्माले आग्रह गर्दै प्रदेश (ख) उपसभापति पदमा एक पटक सेवा गर्ने मौका प्रदान गर्न र संगठन बिस्तारसँगै बलियो बनाउनका लागि जिम्मेवारी सुम्पिनका लागि सबैलाई अपिल गरेका छन् । आफ्नो उम्मेदवारीले युवा प्रतिनिधित्व रहने र आफुले निर्वाचित भएसंगै समग्र क्षेत्रको बिकास, समृद्धि र जिम्मेवार काङ्ग्रेस बनाउन आफ्नो योगदान रहने बताउदै सम्पुर्ण क्षेत्रीय प्रतिनिधि र वडा सभापतिहरुलाई आफुलाई सहयोग गर्न आग्रह गरेका छन । आफ्नो उम्मेदवारीले युवा प्रतिनिधित्व रहने र आफुले निर्वाचित भएसंगै समग्र क्षेत्रको बिकास, समृद्धि र जिम्मेवार काङ्ग्रेस बनाउन आफ्नो योगदान रहने बताउदै सम्पुर्ण क्षेत्रीय प्रतिनिधि र वडा सभापतिहरुलाई आफुलाई सहयोग गर्न समेत उनले आग्रह गरेका छन ।

तपाइँको प्रतिक्रिया ।