नेकपा एमाले काठमाण्डौ-४ मा करिव दुई दर्जन महाधिवेसन प्रतिनिधिको दौडमा,को को बन्दैछन ?

नेकपा एमाले काठमाण्डौ-४ मा करिव दुई दर्जन महाधिवेसन प्रतिनिधिको दौडमा,को को बन्दैछन ?

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक २६।

नेकपा एमालेको दशौ महाधिवेसनका लागि प्रतिनिधि छनौट कार्तिक २७ गते एकै दिन हुदैछ। विगतमा भन्दा फरक जिम्मेवारी पाउने महाधिवेसन प्रतिनिधिका लागि काठमाण्डौ क्षेत्र नं ४ मा आकांक्षीहरुको ठुलो शंख्या देखिएको छ।

काठमाण्डौ महानगरपालिकाका ४ र बुढानिलकण्ठ नगरपालिकाका ८ वटा वडा मिलेर बनेको काठमाण्डौ क्षेत्र नं ४ बाट महाधिवेसन प्रतिनिधिमा सबै भन्दा बढी बुढानिलकण्ठ नगरपालिकाका वडाहरु रहेका छन।

कुन वडाबाट को को दावेदार ? 

काठमाण्डौ महानगरपालिका वडा नं १ : निर्मला खड्का ( चर्चामा )

काठमाण्डौ महानगरपालिका वडा नं : शिव भट्टराई ( चर्चामा ) ,अन्जु शर्मा,सरस्वती कार्की ,शुभद्रा न्यौपाने

काठमाण्डौ महानगरपालिका वडा नं ८: निर्मल कुइकेल र निर्मल देउला ( चर्चामा )

काठमाण्डौ महानगरपालिका वडा नं ३० : तेज ढकाल ( चर्चामा )

बुढानिलकण्ठ नगरपालिका वडा नं १ : हालसम्म दावी छैन

बुढानिलकण्ठ नगरपालिका वडा नं २ : उद्दव खरेल ( चर्चामा ) र विदुर विक्रम खड्का

बुढानिलकण्ठ नगरपालिका वडा नं ८ : सुमन तामाङ्ग ( जनजाती कोटा भएमा ) र  दुर्गा थापा

बुढानिलकण्ठ नगरपालिका वडा नं ९ : गोविन्द कटवाल ( चर्चामा )

बुढानिलकण्ठ नगरपालिका वडा नं १० : लक्ष्मी संग्रौला ,रमा राई ,धुर्व भट्टराई ,नवराज भट्टराई,रामप्रसाद चौलागाई, राजन पोखरेल ( चर्चामा ) र विन्दा गौतम ( चर्चामा )

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ : संगम गहतराज ,राजु अधिकारी र कन्चन बास्तोला

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ : पुन्यराज पुडासैनी

बुढानिलकण्ठ नगरपालिका वडा नं १३ : श्रीकृष्ण श्रेष्ठ

को को बन्दैछन प्रतिनिधि ?

काठमाण्डौ क्षेत्र नं ४ मा हाल २२  जनामा केहिको नाम चर्चामा रहेको छ भने अधिकांशले विभिन्न कार्यक्रम ,संचार माध्यम र सामाजिक संजालबाट आफ्नो उम्मेदवारी रहने घोषणा गरेका छन।

हाल सम्म काठमाण्डौ क्षेत्र नं ४ ले प्रतिनिधि छनौटको प्रक्रिया शुरु गरि नसकेकोले अझै दावेदारहरु बढ्ने देखिन्छ। यस क्षेत्रमा महाधिवेसन प्रतिनिधिमा धेरै आकांक्षी र दावेदारहरु देखिएकोले क्षेत्रले सहमतिको प्रयासका लागि हाल सम्म निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छैन।

काठमाण्डौ क्षेत्र नं ४ को महाधिवेसन प्रतिनिधि छनौट काठमाण्डौ महानगरपालिका वडा नं ७ मित्रपार्कमा रहेको गोल्डेन लाइट पार्टी प्यालेसमा हुनेछ।

को को बन्दैछन महाधिवेसन प्रतिनिधि ? यो प्रश्न अहिले काठमाण्डौ क्षेत्र नं ४ मा सबैभन्दा बढी चर्चामा रहेको छ। धेरै दावेदार भएपछी प्रतिनिधि छान्न सकस परेको अवस्थामा आहिले सहमतिका लागि व्यापक छलफल भैरहेको एक जिल्ला सदस्यले बताएका छन ।

आज बस्ने  क्षेत्रीय कमिटिको बैठकले महाधिवेसन प्रतिनिधि छनौट प्रकिया र निर्वाचन कार्यतालिका निर्धारण गर्ने जानकारी दिदै एक क्षेत्रीय सदस्यले सहमतिमा सर्वसम्मत प्रतिनिधि छनौट हुने विस्वास व्यक्त गरेका छन ।

विभिन्न मुद्दा र योजना सहित दावी गरेका आकांक्षीहरुको आवाज र मतलाई सम्मान गर्दै काठमाण्डौ क्षेत्र नं ४ मा नेकपा एमाललाई थप मजबुत बनाउदै केन्द्रमा समेत आवाज उठाउन सक्ने प्रतिनिधि छनौट हुने बताउदै उनले अन्तिम नतिजा कार्तिक २७ गते आउने जानकारी दिएका छन।

 

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।