काठमाण्डौ -४ बाट महाधिवेसन प्रतिनिधिमा उपप्रमुख राई र कार्कीको दावी

काठमाण्डौ -४ बाट महाधिवेसन प्रतिनिधिमा उपप्रमुख राई र कार्कीको दावी

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक २४।

नेकपा एमालेको दसौ महाधिवेसनमा प्रतिनिधिका लागि बुढानिलकण्ठ नगरपालिकाकी उपप्रमुख तथा जिल्ला कमिटी सदस्य रमा राई र जिल्ला कमिटी सदस्य सरस्वती कार्कीले पनि दावी गरेका छन।

काठमाण्डौ क्षेत्र नं ४ को राजनीतिमा लामो समयदेखि सक्रिय रहेका राई र कार्कीको दावी संगै नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ को राजनीति निकै तातेको छ।

नेकपा एमालेको नीति पद्दती बिधान अनुसार महाअधिबेसन प्रतिनिधिमा आफ्नो उम्मेदवारी हुने बताउदै नगरपालिका उपप्रमुख राईले यस पटक काठमाण्डौ क्षेत्र नं ४ मा प्रतिस्पर्धीलाई टक्कर दिने युवा र अग्रज नेतृत्व महाधिवेसनमा पठाउनु पर्ने धारणा राखेकी छन।

त्यस्तै महाधिवेसन प्रतिनिधिमा आफ्नो उम्मेदवारी रहने घोषणा गर्दै जिल्ला कमिटी सदस्य कार्कीले यस पटक काठमाण्डौ क्षेत्र नं ४ को एमाले राजनीतिमा परिवर्तनको महसुस हुने गरी नयाँ नेतृत्व चयन गर्नुपर्नेमा जोड दिएकी छन ।

तपाइँको प्रतिक्रिया ।