महाधिवेसन प्रतिनिधि नलड्ने बताउदै जब मुस्कान सहित बाहिरिए मिठाराम अधिकारी …
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक २३।
नेकपा एमाले बागमती प्रदेस कमिटी सदस्य मिठाराम अधिकारी काठमाण्डौ क्षेत्र नं ४ मा महाधिवेसन प्रतिनिधि नलड्ने बताउदै कार्यक्रम स्थल बाट बाहिरीएका छन।
नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ ले आयोजना गरेको महाधिवेसन प्रतिनिधि छनौट सम्बन्धि छलफल कार्यक्रममा निकै प्रफुल्लित देखिएका नेता अधिकारीले कार्तिक २७ गते हुने महाधिवेसन प्रतिनिधि छनौटमा आफ्नो उम्मेदवारी नरहने बताउदै अर्को जरुरि कार्यक्रममा सहभागी हुनका लागि कार्यक्रम स्थल बाट बाहिरिएका थिए।
नेकपा एमालेको आठौ महाधिवेसनमा काठमाण्डौ क्षेत्र नं ४ बाट प्रतिनिधिमा निर्वाचित बनेका अधिकारी नवौ महाधिवेसनमा सर्वसम्मत रुपमा महाधिवेसन प्रतिनिधि चुनिएका थिए।
२०५४ सालको स्थानीय निकायको निर्वाचनमा साविक कपन गाविसको अध्यक्ष निर्वाचित भएका अधिकारीको अप्रत्यासित घोषणाले काठमाण्डौ क्षेत्र नं ४ र विशेष कपन क्षेत्रको राजनीति एकाएक तातेको एक जिल्ला सदस्यले बताए।