कार्वन उत्सर्जन शून्य बनाउन माग

कार्वन उत्सर्जन शून्य बनाउन माग

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक २३।

विकसित राष्ट्रले उत्सर्जन गरेको कार्वनले अविकसीत देशका सिमान्तकृत वर्गलाई बढि असर पारेको भन्दै कार्वन उत्सर्जनलाई ‘शून्य’ मा झार्नुपर्ने मागसहित जागरणमुलक कार्यक्रममार्फत खबरदारी गरिएको छ ।
संयुक्त अधिराज्य (बेलायत) को ग्लास्कोमा जलवायु परिवर्तन सम्वन्धी विश्व सम्मेलन (कोप–२६) को वल्र्ड लिडर समिटको सन्दर्भमा सोमवार नागरिक समाजले सिर्जनात्मक कार्यक्रमसहित जलवायु परिवर्तनको असरलाई कम गर्न विकसित राष्ट्रले थप जिम्मेवार बहन गर्नुुपर्ने माग गरेका हुन् ।
दीगो विकास संस्थामा जलवायु परिवर्तन सम्वन्धी अनुसन्धानकर्ता आभूषण खड्काले विकसित देशले विकासका नाममा प्राकृतिक स्रोतको दोहन गर्दा भएको कार्वन उत्सर्जनले अविकसित देशका पनि गरिब, सिमान्तकृत वर्गले धनजनको नोक्सानी व्योहोर्नुपरेको सन्दर्भमा नेपालको तर्फबाट विश्वमाझ आवाज बुलन्द पारेको बताउनुभयो ।
व्ह्ीलचियर नृत्य, प्लाष्टिकको पहिरन, चित्रकला प्रदर्शनी र विभिन्न सन्देशमुलक व्यानरमार्फत जलवायु वित्तमा घाटा र नोक्सानीका लागि पनि बजेट छुट्याउनुपर्ने, कार्वनको शुन्य उत्र्सजन, नेपालमा खानीको तेल उत्खनन गर्न नपाइने र विकसित देशले कार्वन उत्सर्जन गरी जलवायुमा पु¥याएको नोक्सानीको जिम्मेवारी लिएर आफ्नो दायित्व पुरा गर्नुपर्ने माग गरिएको छ ।
नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य –(बेलायत) को ग्लास्कोमा आयोजित जलवायु परिवर्तन सम्वन्धी विश्व सम्मेलन –(कोप–२६) को वल्र्ड लिडर समिटलाई सम्वोधन गर्दै हिमालको महत्वलाई बुझ्न विश्वको ध्यानाकर्षण गराउनुभएको थियो ।

तपाइँको प्रतिक्रिया ।