आरुबारी डाँडागाउ टोल सुधार समिति गोकर्णेश्वर- ८ को देउसी भैलो कार्यक्रम सम्पन्न

आरुबारी डाँडागाउ टोल सुधार समिति गोकर्णेश्वर- ८ को देउसी भैलो कार्यक्रम  सम्पन्न

कपन अनलाइन

काठमाडौँ, कात्तिक २२। गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा रहेको आरुबारी डाँडागाउ टोल सुधार समितिले स्वागत गेट निर्माण, स्मारिका प्रकाशन  तथा कार्यलय व्यवस्थापन सहयोगार्थ  आयोजित देउसी भैलो कार्यक्रम  सम्पन्न गरेको छ।  कार्तिक १९ गते शुक्रबार बिहान १० बजे देखि डांडागाउ आरुबारी क्षेत्रमा नेपाली संस्कार र संस्कृति बचाउनको लागि परम्परागत रुपमा खेलिदै आएको देउसी भैलो खेलिएको  आरुबारी डाँडागाउ टोल सुधार समितिका अध्यक्ष राजेश दाहालले कपन अनलाइनलाइ जानकारी गराए   ।

नेपालीहरुको चाडपर्वलाई सामाजिक सदभाव र भाइचारा बढाउने अवसरको रुपमा देउसी भैलो खेलेर एक आपसमा शुभकामना आदानप्रदानका साथै सामाजिक सदभाव कायम गर्न टेवा पुग्नुको साथै देउसी भैलो बाट संकलित रकम स्वागत गेट निर्माण, स्मारिका प्रकाशन  तथा कार्यलय व्यवस्थापनमा लगाइने पनि उनले जानकारी गराएका छन । देउसी भैलो कार्यक्रममा देउसी सगै सांगीतिक प्रस्तुति समेत प्रस्तुत गरिएको थियो कार्यक्रममा बाल गायक भेषराज सापकोटा, कल्पना शर्मा गायक विनम्र सुवेदी , सुजल शर्मा सहित स्थानीय कलाकारहरुले नाचगान सहित प्रस्तुति दिएका थिए।

बिहान १० बजे देखि महांकाल भैरब मन्दिर प्राङ्गणमा दिउसो १ बजे सम्म खेलिएको देउसी भैलो अपरान्ह १:३०  बजे देखि ४ बजे सम्म वडा सदस्य डम्बर बहादुर श्रेष्ठ घर संगैको चोकमा खेलिएको थियो भने अपरान्ह ४ :३० बजे देखि साँझ ८ बजे सम्म राजेश ग्यास पसल संगैको चोकमा खेलिएको थियो।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुखसन्तोष चालिसे, नगरपालिकाका प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना, जिल्ला समन्वय समिति काठमाडौँकि सदस्य   सान्नानी लामा वडा सदस्य डम्बर बहादुर श्रेष्ठ, नेपाली कांग्रेस काठमाडौं जिल्ला सदस्य भावना ठकुरी, नेपाली कांग्रेस महासमिति सदस्य बिमल ठकुरी, समाजसेवी कुमारराज सुवेदी, दुर्गा बराल, गोपाल बराल, नेकपा एमाले गोकर्णेश्वर ८ वडा कमिटि अध्यक्ष कल्पना राजचल, लगायत स्थानीय ब्यक्तिहरुको उपस्थिति रहेको थियो  । कार्यक्रममा सहयोग गर्नेहरुलाई प्रसंशापत्र समेत प्रदान गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।