बुढानिलकण्ठका प्रमुख उद्दव खरेलले कर्मचारीहरुका लागि दक्षिणा माग्दिए ….
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक १८।
कार्तिक १७ गते बुधवार दिउसो बुढानिलकण्ठ नगरपालिकाको कार्यालय पुग्ने नगरवासीले निकै फरक र रोचक दृश्य देखेका थिए।
तिहारको विदा हुने अन्तिम कार्यालय समयको दिन नगरपालिका परिसरमा रंगोली र फुलहरुले सजिएको थियो भने नगरका कर्मचारीहरुको मुहारमा निकै चमक र खुसि पनि देखिएको थियो।
बुढानिलकण्ठ नगरपालिकाका जनप्रतिनिधि,सेवाग्राही र अन्य व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको नगरपालिका परिसरमा त्यो बेला झन् रौनक थपियो जब नगर प्रमुख उद्दव प्रसाद खरेल आफै माइक समातेर देउसी भट्याउन थाले।
नगर प्रमुखले भट्याउदै देउसी खेल्न थाले संगै जनताको काम गर्दा खासै नखुल्ने नसकेको कर्मचारीहरुको मुहारमा निकै हासो देखिएको थियो भने त्यहाको माहोल पनि निकै रसिक बनेको थियो।
नगर प्रमुखले देउसी भट्याउदै गर्दा निकै उत्साहित बनेका सहभागी र अन्य व्यक्तित्वहरुको दक्षिणा बाट ६५ हजार भन्दा बढी रकम संकलन भएको थियो।
गत वर्ष र यो वर्ष संकलन भएको दक्षिणा रकमबाट कर्मचारीहरुले पुनर्ताजगीका लागि बनभोज जाने तयारी गरेको श्रोतले जानकारी दिएको छ ।