नेकपा एमालेको महाधिवेसन प्रतिनिधिमा लड्ने नेता धुर्व भट्टराईको तयारी
कपन अनलाइन
काठमाण्डौ,कार्तिक १७।
नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ का नेता धुर्व भट्टराईले नेकपा एमालेको केन्द्रीय महाधिवेसन प्रतिनिधमा उम्मेदवारी दिने तयारी गरेका छन।नेकपा एमालेमा करिव चार दशक देखि निरन्तर सक्रिय रहेका भट्टराईले कार्तिक २७ गते हुने प्रतिनिधि छनौटमा उम्मेदवारी दिने तयारी गरेका हुन्।
पचासको दशकमा नेकपा एमाले काठमाण्डौ महानगरपालिका वडा नं ७ को सह सचिव रहेर निर्वाचन परिचालनमा सक्रिय रहेका भट्टराई विविध कारण देखाउदै पछाडी पारिएका नेता मध्येमा पर्ने एक क्षेत्रीय सदस्यले बताएका छन।
नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ को क्षेत्रीय सदस्यमा निर्वाचित भएर वडा इन्चार्जको जिम्मेवारी बहन गरिसकेका भट्टराई पछिल्लो समय बुढानिलकण्ठ नगर कमिटीको सदस्य तथा वडा नं १० को इन्चार्ज रहेका थिए।
नेकपा एमालेको आठौ र नवौ महाधिवेसनमा कपन क्षेत्रबाट मिठाराम अधिकारीलाई प्रतिनिधि चयन गर्न निकै मेहनत गरेका भट्टराईले हाल सम्म नेकपा एमालेमा देखिएको विभाजन र विवादमा सधै पार्टी संस्थापनको पक्षमा उभीएको इतिहासको कदर यस पटक हुने विस्वास रहेको बताएका छन।
२०७४ शालको निर्वाचनमा नेकपा एमालेको पक्षमा प्रचार गर्दा विपक्षी दलको आक्रमणबाट बाल बाल बाचेका भट्टराईले मंसिर १०-१२ गतेसम्म हुने महाधिवेसन प्रतिनिधिमा निर्वाचित गराउन सहयोगका लागि सबै पार्टी सदस्यहरुलाई अनुरोध समेत गरेका छन।