नेपाली कांग्रेस चम्पादेवी ओखलढुंगालाई गम्भीर धक्का,जिल्ला सदस्य नरेन्द्र घिमिरे नेकपा एमालेमा
कपन अनलाइन
ओखलढुंगा,कार्तिक १३।
नेपाली कांग्रेस चम्पादेवी ओखलढुंगालाई गम्भीर धक्का लागेको छ। नेपाली कांग्रेस चम्पादेवीका नेता जिल्ला कार्यसमिति सदस्य नरेन्द्र घिमिरे नेकपा एमालेमा प्रवेस गरे संगै चम्पादेवी कांग्रेसमा खैला बैला मच्चिएको छ।
घिमिरे संगै नेपाली कांग्रेस चम्पादेवी -८ का उपसभापति तथा क्षेत्रीय प्रतिनिधि हरी गुरुङ नेकपा एमालेमा प्रवेस गरेपछि नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले सामाजिक संजालमा आक्रोस समेत व्यक्त गरेका छन।
नेकपा एमाले चम्पादेवी गाउँपालिका कमिटीको अधिवेसनमा प्रवेस गरेका घिमिरे र गुरुङलाई केन्द्रीय लेखा आयोग सदस्य शंकर बहादुर कार्की र प्रदेस कमिटी सदस्य तथा पुर्व मन्त्री अम्बिर बाबु गुरुङ लगायतले स्वागत गरेका थिए।
उनीहरु संगै धेरै नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेस गर्ने तयारीमा रहेको बताउदै नेकपा एमाले चम्पादेवीले आगामी दिनमा थप अभियानहरु संचालन गर्न घिमिरे र गुरुङको प्रवेसले सहयोग पुर्याउने विस्वास ब्यक्त गरेको छ ।
तपाइँको प्रतिक्रिया ।
