नेकपा एमाले चम्पादेबी गाउँपालिका कमिटि अध्यक्षमा खेम मिश्र

नेकपा एमाले चम्पादेबी गाउँपालिका कमिटि अध्यक्षमा खेम मिश्र

कपन अनलाइन

काठमाडौं कात्तिक ११।नेकपा एमाले चम्पादेबी गाउँपालिकाको प्रथम गाउँ अधिबेशन बाट  अध्यक्ष खेम मिश्र सर्वसम्मत रुपमा निर्वाचित भएका छन्।मंगलबार भएको गाउ अधिबेसन बाट  नेकपा एमाले  चम्पादेबी गाउपालिका  कमिटीको उपाध्यक्षमा नरहरी खड्का निर्वाचित भएका छन् भने सचिबमा सुमन घिमिरे निर्वाचित भएका छन ।

 शान्ति बस्नेत र हरि गुरुङलाइ   उप सचिवमा निर्वाचित गरेको सो अधिवेसनले  ७५ सदस्यीय  गाउकमिटी सर्वसम्मत रुपमा चयन गरेको छ ।कमिटीको कार्यकाल नेकपा एमालेको संशोधित विधान अनुसार ३ वर्ष रहेको छ ।बिहान ११ बजेदेखि सुरु भएको अधिवेशन कार्यक्रमलाई खुल्ला र बन्द सत्र गरी २ भागमा बाडिएको थियो।अधिबेशनको उद्घाटन सत्रमा नेकपा एमाले केन्द्रिय लेखा आयोग सदस्य शंकर बहादुर कार्की र नेकपा एमाले १ न प्रदेश कमिटी सदस्य एबम् निबर्तमान भौतिक पुर्बाधार बिकास मन्त्री माननीय अम्बिरबाबू गुरुङको उपस्थिति रहेको थियो भने बन्द सत्रमा नेकपा एमाले केन्द्रिय कमिटी सदस्य एबम् संघीय प्रतीनिधि सभा सदस्य माननीय यज्ञराज सुनुवारको उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।