महानगरीय प्रहरी बिट मुलपानीले चाड पर्व लक्षित शान्ती सुरक्षा बिषयक छलफल तथा अन्तरक्रिया गर्यो
कपन अनलाइन
काठमाडौं,असोज ११ । महानगरीय प्रहरी बिट मुलपानीले चाड पर्व लक्षित शान्ती सुरक्षा बिषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आइतबार हेभेन व्याङ्केटमा आयोजित समुदाय प्रहरी साझेदारी अन्तर्गत भएको कार्यक्रमको प्रमुख अतिथिको रुपमा महानगरीय प्रहरी वृत्त बौद्धका कार्यलय प्रमुख प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा बिशेष अतिथिको रुपमा कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ का वडा अध्यक्ष प्रकाश फुयाल, वडा नं ७ का वडा अध्यक्ष जीवन थापा बिभिन्न बैंक तथ बित्तिय संघसंस्थाहरुका प्रतिनिधीहरु,बिभिन्न क्लब तथा टोल सुधार समितिका पदाधिकारीहरु,स्थानीय समाजसेवीहरु तथा स्थानीय बासिन्दाहरुको उपस्थिती रहेको थियो । कार्यक्रम संचालन महानगरीय प्रहरी बिट मुलपानीका कार्यलय प्रमुख प्रहरी नायब निरीक्षक रामेश्वर खड्काले गरेका थिए ।
नजिकै गरेको नेपालीहरुको महान चाड बिजया दशमी,शुभ दिपावली तथा छठ पर्वलाई लक्षित गरी हुन सक्ने संभावित अपराधलाई न्युनिकरण गर्ने तथा सतर्कता रहने सम्बन्धमा छलफल तथा अन्तरक्रिया गरिएको थियो ।चाड पर्वको अवसरमा हुन सक्ने हत्या, अपहरण, ठगी, चोरी, डकैती, पाकेटमारी, लुटपाट, जुवा, अबैध मदिरा बिक्रीबितरण, तस्करी, ट्राफिक दुर्घटना, महिला हिंसा लगायतका आपराधिक क्रियाकलापहरु नियन्त्रणमा राख्न प्रहरीले थप चनाखो र जिम्मेवार भएर काम गर्ने जानकारी गराइएको थियो। कार्यक्रममा बोल्दै महानगरीय प्रहरी वृत्त बौद्धका कार्यलय प्रमुख प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले अपराध नियन्त्रण तथा अनुसन्धान र समाजमा शान्ति सुरक्षा कायम गर्ने नेपाल प्रहरीको उद्देश्य रहेको उल्लेख गर्दै समाजको सहयोगबाट नै प्रहरीले आफ्नो उद्देश्य प्राप्त गर्नसक्ने धारणा व्यक्त गरेका थिए । उनले अपराध नियन्त्रणका लागि प्रहरीले समुदायसँग हातेमालो गर्दै अगाडि बढ्नुपर्ने बताएका थिए ।
चाड पर्वमा हुन सक्ने अपराधिक क्रियाकलापलाइ न्युनिकरण गर्न निम्न कुरालाई ध्यान दिन समेत प्रहरीले अनुरोध गरेको छ ।
१) काम बिशेष घर र कोठा बाहिर जानु परेमा जिम्मा लगाई मात्र निस्कने ।
२) सुनसान तथा एकान्त घर र कोठाहरुमा चोरीको सम्भावना बढी हुने हुँदा घर र कोठा खालि गरि बाहिर नजाने ।
३) बजार तथा बाटोमा आवतजावत गर्दा लुटपाट तथा स्न्याचिंग हुने सम्भावना हुँदा सजक हुने ।
४ ) सके सम्म सुरक्षा सम्बन्धि उपकरण सिसि क्यामरा, स्नेसर लाइट साइरन आदि प्रयोग गर्ने।
५) बैक वित्तीय संस्था तथा सुन चांदी पसलहरुमा कारोबार गर्दा बिशेष ध्यान दिने।
६) आ आफ्नो सवारी साधन पार्किंग गर्दा सुरक्षित तवरले गर्ने ।
७) व्यवसायीहरुले आ आफ्नो व्यवसाय संचालन गर्दा आऔने र जाने ग्रहाकहरुमा समेत ध्यान दिने ।
८) भाडाका सवारी साधनमा सवार गर्दा वा लिफ्ट मागी सवार हुँदा लुटपाट तथा पाकेटमारी हुने सम्भावनाले गर्दा सजक हुने ।
९) कुनै पनि नौलो र अपरिचत ब्यक्ति माथि शंका लागेमा तत्काल प्रहरीलाइ खबर गर्ने।
१० मोबाइल फोन प्रयोग गर्दा फोन स्न्याचिंग समेत हुने सम्भावनाले गर्दा साबधानी अपनाउने ।
११) रातको समयमा पसल तथा सटरहरु सुरक्षित तथा व्यवस्थित तरिकाले बन्द गर्ने ।
१२) घर बाहिर निस्किदा बहुमुल्य गरगहना नलगाउने तथा आवश्यक भन्दा बढी नगद नबोक्ने।
१३) यात्रा गर्दा अपरिचित व्यक्तिले दिएको खानेकुरा नखाने।
१४) यात्रा गर्दा आफ्नो बहुमुल्य चिजबस्तु तथा नगद पैसा गाडीको सिट वा डिक्की तथा अन्य ठाउमा बेवारिसे अवस्थामा नराख्ने जानकारी गराइएको थियो ।