शंखरापुर नगरपालिका र लुम्बिनी बिश्वबिद्धालय बिच सम्झौतापत्रमा हस्ताक्षर
कपन अनलाइन
काठमाडौँ, असोज ११। काठमाडौं जिल्लाको शंखरापुर नगरपालिका र लुम्बिनी बिश्वबिद्धालय बिच विभिन्न शैक्षिक कार्यक्रम संचालन गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर सम्पन भएको छ।शंखरापुर नगरपालिका प्रमुख सुबर्ण श्रेष्ठ तथा लुम्बिनी बिश्वबिद्धालयका उपकुलपती प्रा. डा हृदयरत्न बज्राचार्यको उपस्थितिमा उक्त सम्झौता भएको हो। उक्त सम्झौतामा शंखरापुर नगरपालिकाका विभिन्न शैक्षिक संस्थाहरुमा लुम्बिनी बिश्वबिद्धालयको सहयोगमा विभिन्न शैक्षिक कार्यक्रमहरु संचालन गरिने समेत बताईएको छ।
शंखरापुर नगरपालिकाको एक मात्र सामुदायिक क्याम्पसको रुपमा रहेको भाग्योदय क्याम्पसको ब्यवस्थापनको जिम्मा समेत यसै बर्षदेखि शंखरापुर नगरपालिकाले लिएको थियो। उक्त कार्यक्रममा लुम्बिनी विश्वविद्यालयका रजिष्ट्रार डा. तिलक आचार्य, डिनहरू उकेश राज भुजु, प्रा डा राम चन्द्र पाैडेल, माणिक रत्न शाक्य लगायतको उपस्थिति थियो भने नगरपालिकाको तर्फबाट नगर उपप्रमुख शुक्रलक्ष्मी श्रेष्ठ, क्याम्पस प्रमुख बौधराज निरौला, शाखा अधिकृत कमला पोखरेलको उपस्थिति रहेको थियो ।