नेपाली कांग्रेस गोकर्णेश्वर वडा नं ८ इकाई समितिको सभापतिमा वडा सदस्य नन्दलाल श्रेष्ठको दाबी
कपन अनलाइन
काठमाडौं भाद्र २७ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको प्रक्रिया सुरु भएपछि उम्मेदवारी घोषणाको लहर नै चलेको छ । लामो समयदेखि पार्टीमा रहेर सक्रियता देखाएका नेताले नेतृत्व लिन पाए हुन्थ्यो भन्ने चाहना गर्दै आएका छन् ।काठमाडौं क्षेत्र नं ३ मा नेपाली काँग्रेसको १४औँ महाधिवेशन केन्द्रित गतिबिधिहरु तीव्ररूपमा चलिरहेको छ । काठमाडौं क्षेत्र नं ३मा नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुको भेला, भेटघाट गर्दै अधिवेशनको परिणाम सर्वसम्मत साथै योग्यहरुको नेतृत्वमा पुर्याउन सक्रिय छ ।अहिले नेपाली कांग्रेसका क्रियाशील सदस्यहरु विच नेताहरु नेतृत्वको दावी सहित पुगिरहेका छन भने आफ्नो उम्मेदवारीको उदेश्य र महत्वका वारेमा छलफल गरिरहेका छन । त्यसै क्रममा नेपाली कांग्रेस १४ औं महाधिवेशनमा काठमाडौं क्षेत्र नं. ३ को गोकर्णेश्वर नगरपालिका वडा नं ८ इकाई समितिको सभापतिमा वडा सदस्य समेत रहेका नन्दलाल श्रेष्ठले उम्मेदवारी दिने घोषणा गरेका छन् । शनिबार ओसिस पार्टी प्यालेसमा आयोजित क्रियाशील भेलामा उनले गोकर्णेश्वर नगरपालिका वडा नं ८ इकाई समितिको सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन।
श्रेष्ठले गुटका कारण छरपष्ट बनेको कांग्रेसलाई एक बनाउँदै पार्टीलाई मजवुत बनाउने लक्ष्यका साथ इकाई सभापतिमा उम्मेदवारी दिन लागेको बताएका छन। उनले अहिलेसम्म आफूले पार्टी र समाजमा गरेको योगदानको कदर हुने बिश्वास ब्यक्त गर्दै इकाई सभापति भएमा पार्टीमा देखिएको आन्तरिक द्धन्द्ध मिलाउने, पार्टीलाई सबैको साझा हो भनेर एकताको भावनाको विकास गर्ने, पार्टीप्रति आकर्षण ल्याउने लगायतका योजनाका साथ अघि बढ्ने बताएका छन। झण्डै दुई तिहाई ल्याएको नेकपाबाट जनता वाक्कदिक्क भइसकेकाले कांग्रेसको विकल्प अरु नभएको हुँदा आफू इकाई सभापति भएमा आगामी संघीय, प्रदेश र स्थानीय तहको निर्वाचनमा प्रभावकारी भूमिका खेल्दै पार्टीको पुरानो विरासत फर्काइ तिनै तहमा नेपाली कांग्रेस पार्टीलाई जिताउन लाग्ने बताएका छन ।आफु गुट उप गुटमा बिश्वास नराख्ने भन्दै गुट उपगुट भन्दा पनि सिंगो पार्टीलाई एक बनाएर अगाडी बढाउन इकाई सभापतिमा उम्मेदवारी दिन लागेको बताएका छन। गुट उप गुटको राजनीतिले क्षमतावान व्यक्तिलाई पछाडी पर्ने भन्दै गुट उपगुटको पक्षमा नउभिने समेत बताएका छन् उनले इकाई कमिटी र सबै भातृसंगठनलाई चलायमान बनाउने प्रतिबद्धता व्यक्त गर्दै पार्टीका क्रियाशिल, अग्रज, शुभचिन्तकसँग सल्लाह गरेर अगाडी बढेको बताउदै । वडा सदस्यको रुपमा वडाको सन्तुलित विकासमा आफूले गरेको योगदानलाई हेरेर सबैबाट सहयोग गर्ने प्रतिबद्धता आफूले पाएको श्रेष्ठले बताएका छन ।
आजको यस्तो अवस्थामा संगठनको प्रत्येक संरचनामा जनताको मन जित्न सक्ने हरेक समस्यामा जुध्न सक्ने प्रतिस्पर्धी पार्टीहरुसँग सबै विषयबाट मुकाबिला गर्नसक्ने अब्बल युवा नेतृत्व हुनुपर्नेमा अधिकांश कार्यकर्ताहरूको माग रहेको भन्दै उनले विधि पद्धतिमा रहेर पार्टीलाई सक्रिय बनाउने, काम गर्दा सबैसँग सल्लाह गरेर मात्र गर्ने र आउँदै गरेको चुनावमा पार्टीलाई अत्यधिक मतका साथ जिताउने गरी काम गर्ने योजना बनाएर आफूले इकाई सभापतिका लागि उम्मेदवारी घोषणा गरेकोले सबै क्रियाशिल दाजुभाई दिदीबहिनीहरुलाई अत्यधिक मत दिई निर्वाचित गर्न समेत आग्रह गरेका छन् ।