नेपाली कांग्रेसको जनाधार बलियो छ,यसलाई व्यवस्थित मात्र गरे पुग्छ : बुद्दीमान तामाङ (गोकर्णेश्वर ९ इकाई सभापति)
कपन अनलाइन
काठमाडौँ, भाद्र २५। नेपाली कांग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं ९ इकाई समितिका सभापति बुद्दीमान तामाङले पुन इकाई सभापतिमा दाबि नगर्ने भएका छन ।कपन अनलाइन संग गरेको कुराकानीमा उनले पुन इकाई सभापतिमा नउठ्ने संकेत गरेका हुन। उनले आफु पदको लोभी नभएको बताउदै कामको मूल्यांकनका आधारमा नतृत्व चयन गर्नुपर्ने बताएका छन ।नेतृत्वले आफ्नो आवश्यकता जुन ठाउमा देख्छ त्यसको लागि भने आफु सधै तयार रहेको बताएका छन।
माथिल्लो पदमा जानुपर्ने भए पार्टीको फेदलाई बलियो बनाउनु पर्ने धारणा राख्ने तामाङले लामो समय नेपाली काग्रेसमा सक्रिय रुपमा काम गर्दै आएको र पार्टीको टुप्पोलाई मात्र राम्रो बनाएर नहुने भन्दै फेद देखि राम्रो बनाउन लाग्नु पर्ने बताएका छन । म पार्टीको फेद दह्रो बनाउने भिजनका साथ अघि बढेको छु, सबैको चहाना भएमा नेतृत्वमा रहेर पार्टीलाई मजबुद बनाउन लाग्ने समेत उनले बताएका छन ।कांग्रेस पुरानो र ऐतिहासिक पार्टी भएकाले जनाधार बलियो छ, यसलाई व्यवस्थितमात्र गरे पुग्छ ।’ झण्डै दुई तिहाई ल्याएको नेकपाबाट जनता वाक्कदिक्क भइसकेकाले कांग्रेसको विकल्प अरु नभएको उनी बताउँछन्।
स्थापनाको झण्डै आठ दशकका यात्रामा पार्टीभित्रको आन्तरिक सङ्घर्षले समय समयमा क्षति बेहोर्दै आएको काँग्रेसका लागि समग्र पार्टी पङ्क्तिलाई एक ढिक्का बनाएर लैजान सक्ने नेतृत्वको अपेक्षा सहित महाधिवेशन सफलता पुर्वक सम्पन्न हुनेछ भन्ने बिश्वास लिएको बताउने तामाङले महाधिवेशनले पार्टीको आन्तरिक कमजोरीका रुपमा रहेको गुटगत प्रवृत्तिलाई अन्त्य गर्दै देश र जनताले भरोसा गर्ने किसिमको नेतृत्व निर्वाचित गर्नेछ भन्ने बिश्वास समेत ब्यक्त गरेका छन।