कागेश्वरी मनोहरा नगरपालिकामा भाद्र २९ गते सार्बजनिक बिदा
कपन अनलाइन
काठमाडौं भाद्र २५। कागेश्वरी मनोहरा नगरपालीकामा भाद्र २९ गते सार्बजनिक बिदा हुने भएको छ ।बुधबार नगरपालिकाको ७७ औं नगर कार्यपालिका बैठक बाट नगरपालिकाको प्रसिद्द धार्मिक स्थल कागेश्वरी धाममा मेला लाग्ने भएको हुँदा स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरि सामाजिक तथा भौतिक दुरी कायम हुने गरि भिड भाड नगरी नित्य पुजा संचालन गर्ने गराउने र उक्त दिन नगरपालिका मातहत रहेका सम्पूर्ण कार्यालयहरु र बिद्यालयहरु उक्त दिन बिदा दिने निर्णय गरेको नगर प्रमुख कृष्णहरि थापाले जानकारी गराए ।
उनका अनुसार यसबर्ष कागेश्वरी धाममा मेला भने नलाग्ने भएको छ । कोभिड १९को जोखिम कायमै रहेका कारण नागरिकको स्वास्थलाई ध्यान दिदै भिडभाड नियन्त्रणका लागी मेला नगर्ने निर्णय भएको हो । कागेश्वरी मनोहरा नगरपालिका १ गागलफेदीमा रहेको कागेश्वरी महादेव मन्दिर बाट को नाम बाट नै नगरपालिकाको नामाकरण भएको हो नगरपालीकाले हरेक बर्ष कागेअष्टमीका दिन नगर भित्र सार्बजनिक बिदा दिदै आएको छ ।
किंवदन्ती अनुसार परापूर्व कालमा कागले गाईको दूध पहरामा रहेको शिवलिङ्गमा चढाउँदै गरेको गोठालाले देखेपछि त्यहाँ खोस्रेर हेर्दा महादेवको मूर्ति फेला परेको र त्यसै बेलादेखि यस मन्दिरको नाम कागेश्वरी महादेव मन्दिर रहन गएको हो र गोसाइँकुण्डबाट दर्शनार्थीले त्यहाँको पवित्र जल ल्याई कागेश्वरी महादेवलाई चढाउँदा आफ्नो इच्छा समेत पूरा हुने जनविश्वास रहिआएको छ ।नगरपालिकाको नाम नै कागेश्वरी मनोहरा नगरपालिका भएकाले पनि यस धार्मिक पर्यटकीय स्थललाई नगरपालिकाले विशेष महत्व दिदै आएको छ ।