एमसीसीको विरोध गर्ने युवा संघ नेपालका नेता र कार्यकर्ताहरु घाइते
कपन अनलाइन
काठमाण्डौ ,भाद्र २४।
एमसीसी र सभामुखको विरोध गर्दै प्रदर्शन गर्ने क्रममा प्रहरीले धरपकड गर्दा युवा संघ नेपालका नेता/कार्यकर्ता घाइते भएका छन। एमाले फुटाउन सभामुख मतियार बनेको भन्दै त्यसको विरोधमा उत्रिएका युवा संघका नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले धरपकड गरेको थियो ।
प्रहरीले कुटपिट गर्दा युवा संघका उपमहासचिव रामजी सापकोटा, सचिव गणेश थापा, स्थायी कमिटी सदस्यहरू सम्राट गौचन, वकिल वम, सचिवालय सदस्य समुन्द्र तिमलसेना र अचुतम सापकोटा घाइते भएका छन् ।
त्यस्तै कालो बेलुन र कालो झण्डा उडाउने क्रममा संघका सचिव महाराज गुरुङ,सचिवालय सद स्यहरु मन्जिब क्षेत्री र कबिन रावतलाई प्रहरीले पक्राउ गरेको थियो।
तपाइँको प्रतिक्रिया ।