काठमाण्डौका दुई नगरपालिकाका प्रमुख र उपप्रमुख “दुई तिर”

काठमाण्डौका दुई नगरपालिकाका प्रमुख र उपप्रमुख “दुई तिर”

कपन अनलाइन

काठमाण्डौ ,भाद्र २४।

एकै पार्टी बाट निर्वाचित भएको ४ वर्ष तिन महिना २२ दिनपछी काठमाण्डौका दुई नगरपालिकाका प्रमुख र उपप्रमुख “दुई तिर” को अवस्थामा पुगेका छन।

काठमाण्डौ जिल्लामा नेकपा एमाले बाट निर्वाचित बनेका दुई नगरपालिकाका नगर प्रमुख र उपप्रमुख नेकपा एमाले र नेकपा एकीकृत समाजवादीमा सनाखत गरे संगै उनीहरु फरक पार्टीका प्रतिनीधि भएका छन ।

काठमाण्डौ जिल्लाको कागेश्वरी मनोहरा र शंखरापुर नगरपालिकाका नगर प्रमुख र उपप्रमुख दुई फरक पार्टीमा सक्रिय बनेका छन। २०७४ शालको स्थानीय तहको निर्वाचनमा नेकपा एमाले बाट निर्वाचित कागेश्वरी मनोहरा प्रमुख कृष्णहरि थापाले नेकपा एस रोजेका छन भने उपप्रमुख बिन्दु सिम्खडा ( पुडासैनी ) नेकपा एमालेमै रहेकी छन।

त्यस्तै शंखरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठ नेकपा एमालेमा रहेका छन भने उपप्रमुख शुक्रलक्ष्मी श्रेष्ठले नेकपा एस रोजेकी छन। उपप्रमुख श्रेष्ठले भाद्र १८ गते र प्रमुख थापाले भाद्र २० गते जिल्ला निर्वाचन कार्यालय पुगेर सनाखत गरेका थिए।

नेकपा एसका अध्यक्ष माधव कुमार नेपालको निर्वाचन क्षेत्रमा रहेका यी दुई नगरपालिकामा एक दर्जन बढी जनप्रतिनिधिले उनलाई साथ दिएका छन भने दुई प्रदेस सभा सदस्य सहित अन्य जनप्रतिनिधि नेकपा एमालेमै रहेका छन।

काठमाण्डौ क्षेत्र नं २ प्रदेस निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित बागमती प्रदेसका सभामुख सानु श्रेष्ठ र प्रदेस निर्वाचन क्षेत्र २ बाट निर्वाचित मणिराम फुँयाल सहित काठमाण्डौ महानगरपालिका वडा नं ३२ र ९ का जनप्रतिनिधिहरु नेकपा एमालेमा रहेका हुन।

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।