दीपक निरौलाको रफ्तारमा “ब्रेक” लगाउन बालकृष्ण श्रेष्ठको “बल”
कपन अनलाइन
काठमाण्डौ,भाद्र २४।
काठमाण्डौ क्षेत्र नं ५ मा अहिले प्रदेस सभा सदस्य दीपक निरौलाको रफ्तारमा “ब्रेक” लगाउन वडा अध्यक्ष बालकृष्ण श्रेष्ठको प्रयासका वारेमा चर्चा चलेको छ।
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलको निर्वाचन क्षेत्रका दुई नेताहरु विचको रोचक प्रतिस्पर्धाले निकै तातेको बुढानिलकण्ठको राजनीतिक माहोलका विच बालकृष्ण श्रेष्ठले नेकपा एकीकृत समाजवादी राजेका छन।
२०७४ शालको स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दर्ता गर्ने अन्तिम समयमा वडा अध्यक्षको उम्मेदवार बन्दै निर्वाचित भएका श्रेष्ठ संगै वडा नं ३ का दुई सदस्यले पनि नेकपा एसको पक्षमा सनाखत गरेका छन।
अध्यक्ष श्रेष्ठ वडा अध्यक्ष बन्दे संगै २०७४ शाल मंग्सिरमा भएको प्रदेस सभा निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ५ (२ ) बाट निर्वाचित बनेका निरौला नेकपा एमाले बागमती प्रदेस संसदीय दलको सचेतक हुदै मुख्य सचेतक बनेका छन।
निर्वाचनको समयमा जिल्ला कमिटी सदस्य तथा नगर संयोजक रहेका निरौला अहिले नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीको सचिव तथा क्षेत्र नं ५ को संयोजक रहेका छन।
लामो समय देखि नेकपा एमालेका विभिन्न कमिटीमा सहकार्य गरेका बुढानिलकण्ठका दुई नेता विच पटक पटक राजनीतिक प्रतिस्पर्धा चल्ने गरेको जानकारहरु बताउछन।
पछिल्लो समय निरौलाको संसदीय र संगठनको रफ्तार निकै बढेपछी असजिलो महसुस गरेका श्रेष्ठले त्यसको परिणाम नेकपा एसमा सक्रिय बनेर देखाएको एक नगर कमिटी सदस्यले बताएका छन।
केहि दिन यता आफ्नो सामाजिक संजालमा निकै आक्रामक रुपमा नेकपा एसको पक्षमा अभिव्यक्ति दिदै आएका श्रेष्ठले सनाखत गर्ने समय विचमा जनप्रतिनिधिहरु आफ्नो पक्षमा तान्न निकै बल गरेको बताउदै ति सदस्यले आगामी दिनमा धेरै कारण र कुराहरु खुल्दै जाने हुनाले प्रतिक्षा गर्नका लागि अनुरोध गरेका छन।
बुढानिलकण्ठ नगरपालिकाका १३ मध्ये ११ वटा वडामा नेकपा एमालेलाई जिताउन प्रभावशाली नेतृत्व प्रदान गरेका निरौलाको रफ्तारमा नयाँ पार्टीमा प्रवेस गरेर नगरको तेश्रो ठुलो दलको नेता बन्ने सुरसारमा रहेका श्रेष्ठले “ब्रेक” लगाउलान वा नलगाउलान ? यो प्रश्न अवको केहि समय उठ्ने सम्भावना रहेको एक बुद्दिजीवी बताउछन।