बागमती पुल देखि जोरपाटी चोक सम्म अपाङ्ग मैत्री फुटपाथ निर्माण सम्बन्धि छलफल सम्पन्न
कपन अनलाइन
काठमाडौं भाद्र २२। गोकर्णेश्वर नगरपालिकामा अपाङ्ग मैत्री फुटपाथ निर्माण सम्बन्धि छलफल सम्पन्न भएको छ। सोमबार पिस ब्यन्केट जोरपाटीमा बागमती पुल देखि जोरपाटी चोक सम्म सडक बिभाग ट्राफिक शाखा बाट निर्माण हुने अपाङ्ग मैत्री फुटपाथ बिषयमा छलफल भएको हो। कार्यक्रममा गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, वडा नं ६ का वडा अध्यक्ष रमेश अर्याल,महानगरीय ट्राफिक प्रहरी बौद्धका प्रमुख प्रहरी निरीक्षक सुरज बहादुर खड्का,नेपाल अपांग संघका साम्देन लामा, सी डी इ सडक बिभागका कृष्ण नाथ ओझा स्पाइनल कार्ड इन्जुरी नेटवर्कका ऋषिराम ढकाल सह संयोजक, रबि ढकाल,केशब थापा,लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
सडक र पेटीहरु अपांग मैत्री बनाउनका लागि संघर्ष गर्दै आइरहेको अपांग (ह्वीलचियर) मैत्री सडक तथा फुटपाथ संघर्ष समितिले केहि अघि जोरपाटीमा बन्दै गरेको फुटपाथ अपांग मैत्री नभएको भन्दै प्रतीकात्मक रुपमा भत्काउनुको साथै सडक विभागलाई पटकपटक अपांग मैत्री सडक बनाउनका लागि आग्रह सहित पत्र सहित माग गरेका थिए भने उक्त माग कार्यन्वयनका लागि बिभिन्न कार्यक्रम मार्फत दबाब दिदै आएका थिए। सोहि मागलाइ मध्यनजर गर्दै उक्त स्थानमा अपांग मैत्री फुटपाथ निर्माणको लागि छलफल कार्यक्रम आयोजना गरिएको हो उक्त स्थानमा बन्ने अपांग मैत्री फुटपाथ नमुना हुनुपर्नेमा सरोकारवालाहरुले माग गरेका थिए ।कार्यक्रममा बोल्ने बक्ताहरुले फुटपाथ आवश्यक भएको भन्दै बन्ने फुटपाथ नमुना होस र चाडो निर्माण सुरु गर्न अनुरोध गरेका थिए । कार्यक्रममा वडा अध्यक्ष द्वय नारायण बहादुर सुवेदी र रमेश अर्यालले अपांग मैत्री फुटपाथ बन्नु पर्नेमा जोड दिदै उक्त फुटपाथ सबैलाई हुने जसले सडक दूर्घटना न्यूनीकरणमा समेत सहयोग गर्ने बताएका थिए उनीहरुले निर्माणमा सहयोग तथा सहजीकरण गर्ने जानकारी थिए ।
कार्यक्रममा नेपाल सरकार द्वारा पाईलट प्रोजेक्ट को रूपमा बागमती पूल नारायणटार देखि जोरपाटी चोक सम्म अपाङ्ग मैत्री फुटपाथ निर्माणको लागि बोल पत्र आवहान गरिसकेको जानकारी गराइएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख सन्तोष चालिसेले आयोजकलाइ धन्यबाद दिदै काम शुरु गर्न अनुरोध गरेका थिए। उनले सो काममा नगरपालिकाले आवश्यक समन्वय तथा सहयोग गर्ने जानकारी गराएका थिए ।