टोखामा राष्ट्रिय युवा संघ नेपालको ४३ सदस्यीय नगर कमिटी गठन

टोखामा राष्ट्रिय युवा संघ नेपालको ४३ सदस्यीय नगर कमिटी गठन

कपन अनलाइन

काठमाण्डौ ,भाद्र २०/नविना श्रेष्ठ

टोखा नगरपालिकामा राष्ट्रिय युवा संघ नेपालको  ४३ सदस्य नगर कमिटी गठन भएको छ ।

नेकपा एमाले टोखा नगरपालिका कमिटिको आयोजनामा भएको युवा भेलाले अमर डङ्गोलको संयोजकत्वमा ४३ सदस्यीय राष्ट्रिय संघ नेपाल समिति गठन गरेको हो।

भेलामा प्रमुख अतिथि नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले भेलालाई सम्बोधन गर्दै ईश्वर पोखरेलले जनताको विकासको लागि राजनीति पार्टी एमाले भएको बताउदै  एमाले जनताको तथा राष्ट्रको लागि सधैं भरी यसरी नै काममा लागि रहने धारणा राखेका थिए।

भेलामा सम्बोधन गर्दै टोखा नगरपालिकाका मेयर अधिकारीले अबको निर्वाचनमा नेकपा एमाले पहिलो पार्टी हुने र जनताको विश्वास अनुसार काम गर्दै अघि बढ्ने बताएका थिए ।

बिशेष अतिथि राष्ट्रिय युवा सङ्घ नेपालका अध्यक्ष किरण पौडेलले ४३ सदस्यीय नगर कमिटीको नाम घोषणा गरेका थिए। कार्यक्रममा नेकपा एमालेका विभिन्न तहका नेता कार्यकर्ताहरुमा विशेष अतिथिहरुमा राष्ट्रिय युवा सङ्घ नेपालका अध्यक्ष किरण पौडेल, बागमती प्रदेशका इन्चार्ज एवं संगठनका उपाध्यक्ष अमित लामा, नगरपालिकाका नगर उपप्रमुख  ज्ञानमाया डंगोल र पार्टी जिल्ला कमिटी सदस्यहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा जनप्रतिनिधि र शाखा कमिटीको अध्यक्ष सचिवहरूको पनि उपस्थित रहेको थियो। कार्यक्रमको अध्यक्षता नेकपा एमाले टोखा नगर कमिटीका अध्यक्ष सत्यनारायण डंगोलले गर्नुभएको थियो।

तपाइँको प्रतिक्रिया ।