काठमाण्डौ क्षेत्र नं ५ का अत्याधिक जनप्रतिनिधिको महासचिव ईश्वर पोखरेललाई साथ
कपन अनलाइन
काठमाण्डौ ,भाद्र १९।
काठमाण्डौ क्षेत्र नं ५ का अत्याधिक जनप्रतिनिधिहरुले क्षेत्र बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका महासचिव ईश्वर पोखरेललाई साथ दिएका छन।
काठमाण्डौ क्षेत्र नं ५ का प्रदेस क्षेत्र नं १ र २ बाट निर्वाचित प्रदेस सभा सदस्य नारायण सिलवाल र दिपक निरौला सहित स्थानीय तहका ९५ प्रतिसत भन्दा बढी जनप्रतिनिधिहरु पोखरेलको साथमा उभिएका हुन।
काठमाण्डौ महानगरपालिकाका तिन वडामा नेकपा एमालेका तर्फ बाट निर्वाचित सबै जनप्रतिनिधिले महासचिव पोखरेललाई साथ दिदै नेकपा एमालेमा रहेका छन भने टोखा नगरपालिकाका उपप्रमुख सहित १८ जनप्रतिनिधि पनि नेकपा एमालेमा रहेका छन।
त्यस्तै बुढानिलकण्ठ नगरपालिकामा नगर कार्यपालिका सदस्य सहित वडा नं ५ र ७ का सबै जनप्रतिनिधि नेकपा एमालेको पक्षमा उभिएका छन भने वडा नं ३ मा एक जना सदस्य नेकपा एमालेमा रहेकी छन।
तिन नगरपालिकामा नेकपा एमालेको तर्फ बाट निर्वाचित ४६ जनप्रतिनिधि मध्ये बुढानिलकण्ठ -३ का अध्यक्ष र २ जना सदस्यहरुले मात्र नेकपा (एस ) मा सनाखत गरेका छन।
