लायन्स क्लब अफ काठमाडौं नयाँपाटी भिक्टोरियसले भोलि रक्तदान गर्ने
कपन अनलाइन
काठमाडौं ,भाद्र १८। गोकर्णेश्वर नगरपालिका वडा नं १ मा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तरगतको लायन्स क्लब अफ काठमाडौंनयाँपाटी भिक्टोरियसले रक्तदान कार्यक्रम गर्ने भएको छ। भोलि भाद्र १९ गते शनिबार गोकर्णेश्वर नगरपालिका वडा नं १ स्थित वी पी चोक सुन्दरीजलमा रक्तदान कार्यक्रम हुन लागेको हो ।रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस् भन्ने उदेश्य सहित क्लबको बार्षिक कार्यक्रम अनुसार रक्तदान गर्न लागेको लायन्स क्लब अफ काठमाडौं नयाँपाटी भिक्टोरियसका चार्टर प्रेसिडेन्ट विख्यातप्रसाद थपलियाले कपन अनलाइनलाइ जानकारी गराए ।उनका अनुसार क्लबले प्रत्येक तीन तीन महिनामा रक्तदान कार्यक्रम गर्दै आएको छ ।
कोभिड–१९ का बिरुद्ध पूर्ण सावधानीका विधिहरु अपनाएर सुरक्षित तवर बाट शनिबार बिहान १० बजे बाट शुरु भई २ बजे सम्म चल्ने उक्त कार्यक्रममा सहभागी भई रक्तदान गर्न समेत उनले सबैलाई अनुरोध गरेका छन ।