काठमाण्डौ जिल्लाका दुई नगर उपप्रमुखले नेकपा समाजवादीमा सनाखत गरे
कपन अनलाइन
काठमाण्डौ ,भाद्र १८।
काठमाण्डौ जिल्लाका दुई नगर उपप्रमुखले नेकपा समाजवादीमा सनाखत गरेका छन । आज भाद्र १८ गते शुक्रवार जिल्ला निर्वाचन कार्यालयमा पुगेर काठमाण्डौ जिल्लाका शंखरापुर र तारकेश्वर नगरपालिकाका उपप्रमुखले सनाखत गरेका हुन्।
शंखरापुर नगरपालिकाकी उपप्रमुख शुक्रलक्ष्मी श्रेष्ठ र तारकेश्वर नगरपालिकाकी उपप्रमुख भवानी डोटेल (भानु ) सहितका जनप्रतिनिधिहरुले आज सनाखत गरेका हुन् ।
सो अवसरमा नेकपा समाजवादीका नेताहरु जीवनराम श्रेष्ठ ,सावित्रा भुषाल , बसन्त मानन्धर र कुसुमकुमार कार्की लगायतको उपस्थिति रहेको थियो ।
तपाइँको प्रतिक्रिया ।