नेकपा एमालेको पार्टी अध्यक्षमा दावी गर्न आफू योग्य छु : महासचिव ईश्वर पोखरेल

कपन अनलाइन

काठमाण्डौ ,भाद्र १५ ।

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी अध्यक्षमा दावी गर्न आफू योग्य रहेको बताएका छन् । नेकपा एमालेको आठौ र नवौ महाधिवेसनमा महासचिवमा निर्वाचित पोखरेलले तर उम्मेदवार हुने नहुने भन्ने देशको परिस्थिति र कार्यकर्ताको चाहनामा भरपर्ने बताएका छन।

सोमबार आफ्नो निर्वाचन क्षेत्र काठमाण्डौ क्षेत्र नं ५ को गोधुली पार्टी प्यालेसमा पत्रकारहरु संग कुराकानी गर्दै महासचिव पोखरेलले  क्षमता, निष्ठा, इतिहास र निरन्तरताका आधारमा एमालेको अध्यक्षका लागि आफुले दावी गर्न उचित रहेको धारणा राखेका थिए।

देशभरका  कार्यकर्ताको चाहना नभएमा उम्मेदवार हुनुको कुनै अर्थ नहुने बताउदै पोखरेलले व्यक्तिगत ढंगले र इतिहास ,निरन्तरता र  क्षमताका आधारमा अध्यक्ष पद डिजर्भ गर्ने बताएका थिए ।

 

तपाइँको प्रतिक्रिया ।