Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/08/240919887_4435638873149668_7311646412907684415_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/08/240948258_4435638523149703_5316982479113412271_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

बागमती प्रदेश सभा सदस्य छिरिंग दोर्जे लामाले गौसेवा गर्दै छोराको जन्मदिन मनाए

कपन अनलाइन

काठमाडौँ, भाद्र १४ ।बागमती प्रदेश  सभा सदस्य छिरिंग दोर्जे लामाले आफ्नो छोराको जन्मदिनको अवसरमा गौसेवा , वृक्षारोपण गर्नुको साथै  असाहय गाईबाछा संरक्षण अभियानलाइ आर्थिक सहयोग गरि मनाएका छन ।उनले कागेश्वरी मनोहरा गोठाटार स्थित असहाय गाईबाछा संरक्षण स्थलमा पुगी गाईबाछाहरुलाई   भोजन गराउनुको साथै गराउनु भएको छ । असहाय गाईबाछा संरक्षण स्थलका लागि आबश्यक बिजुली बत्ती आफ्नो तर्फबाट उपलब्ध गराउने प्रतिबद्धता समेत ब्यक्त गरेका छन ।उनले  असहाय गाईबाछा संरक्षण स्थल परिसरमा अमलाको बिरुवा रोपेका थिए।

प्राणी हितका लागि आफू सधैं अग्रपंक्तिमा उभिएर कार्यगर्ने बताउदै आएका संसद लामाले गाईबाछाको भोजनका लागि रु. २० हजार समेत प्रदान गरेका छन। मुख्य त जन्म दिनमा हुने  फजुल खर्चलाइ सही ठाउमा व्यवस्थापन गर्नु पर्छ भन्ने मान्यता आफुमा रहेको बताउदै सबैले आफ्नो जन्मदिन तथा अन्य उत्सबको अवसरमा केहि खर्च कटौती गरेर भए पनि   समाजमा फरक काम गरिरहेकाहरुलाई प्रोत्साहन स्वरुप सक्दो सेवा र सहयोग गर्नपर्नेमा जोड दिएका थिए  ।

कार्यक्रममा समाजसेवी अनु प्रसाईं लामाले कृष्ण अष्टमीको पावन अवसरमा गौप्राणीलाई भोजन गराउन पाउनुलाई सौभाग्य मान्दै प्राणीको सेवा उत्कृष्ठ सेवा रहेको बताएकी थिइन  ।अभियानका अध्यक्ष उत्तम पुडासैनीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं. ६ का अध्यक्ष दिपेन्द्र लामा र वडा सदस्य जयराम पुडासैनी लगायतका गौसेवा अभियानका अभियन्ताहरुको सहभागिता रहेको थियो ।

असहाय गाईबाछा संरक्षण अभियानले  उपत्यकामा अलपत्र अवस्थामा रहेका असहाय गाईबाछाहरु उद्धारपछि आश्रयस्थलमा ल्याएर उनीहरुको छाना, खाना, उपचार र मायाको ब्यवस्था मिलाईएको स्थलमा हाल १ सय ५३ वटा गाईबाछाहरुले आश्रय लिइरहेका छन् ।२६ महिना अघि प्रारम्भ भएको सो अभियानका क्रममा उपत्यकाभित्र अलपत्र परेका असहाय गाईबाछाको उद्धार गरि उनीहरुको खाना, छाना, उपचार र मायाको लागि उचित प्रवन्ध मिलाइदै आएको छ । विसं २०७५ जेठ १ गते मानव अधिकार, सामाजिक न्याय, वाग्मती सफाइलगायत अभियानमा लागेका उत्तम पुडासैनीले सो अभियान सुरुआत गरेका हुन् ।

 

तपाइँको प्रतिक्रिया ।