बुढानिलकण्ठ नगरपालिका वडा नं ८ का चार दर्जन युवा नेकपा एमालेमा प्रवेस
कपन अनलाइन
काठमाण्डौ ,भाद्र १२।
बुढानिलकण्ठ नगरपालिका वडा नं ८ का चार दर्जन युवा नेकपा एमालेमा प्रवेस प्रवेस गरेका छन। वडा नं ८ को गोल्फुटार बास्केटबल मैदानमा भएको रास्ट्रिय युवा संघ नेपाल वडा नं ८ कमिटी घोषणा कार्यक्रममा करिव ५० जना युवा नेकपा एमालेमा प्रवेस गरेका हुन।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा विदेस विभाग प्रमुख डा. राजन भट्टराईको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा बुढानिलकण्ठ नगर प्रमुख उद्दव खरेल , रास्ट्रिय युवा संघ नेपालका केन्द्रीय सह कोषाध्यक्ष जय गुरुङ , जिल्ला सदस्यहरु मिठाराम अधिकारी,बिदुर बिक्रम खड्का, नगर कमिटी अध्यक्ष प्रदिप डंगोल , वडा अध्यक्ष सुमन तामांग, वडा नं १० का अध्यक्ष नवराज भट्टराई , वडा नं १२ का अध्यक्ष शम्भु भट्टराई , युवा संघका केन्द्रीय सदस्यहरु दिलिप थिङ्ग ,पुष्प भट्टराई , वडा कमिटी अध्यक्ष बिनोद थापा लगायतको उपस्थिति रहेको थियो।
वडा ८ शाखा कमिटी सचिबालय सदस्य एबम युवा इन्चार्ज निस्चल अधिकारीको अध्यक्षतामा भएको सो भेलाले सोनाम तामाङको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन गरेको छ।