रहेनन जनवादी गायक जेबी टुहुरे

कपन अनलाइन

काठमाडौं भाद्र १० ।जनवादी गायक जेबी टुहुरेको निधन भएको छ । बल्खुस्थित बयोधा अस्पतालमा उपचारका क्रममा आज उनको निधन भएको हो ।केही दिनअघि मतिष्कघात भएर टुहुरेलाई अस्पताल भर्ना गरिएको थियो । आफ्नै निवासमा लडेपछि उनलाई अस्पताप पुर्याइएको थियो । तर, भेन्टिलेटरमा राखेर उपचार गरिएका उनको अवस्थामा सुधार आउन सकेन ।

७८ वर्षिय टुहरेको वास्तविक नाम जुठबहादुर खड्गी हो । २० वर्षदेखि सांगीतिक क्षेत्रमा सक्रिय उनले सयौं संख्यामा जनवादी गीत गाएका छन् । उनको ‘आमा दिदी बहिनी हो कति बस्छौ दासी भइ।।’ बोलको गीत सर्वाधिक लोकप्रिय छ ।टुहुरेले १ सय ५० भन्दा बढी जनवादी गीत रेकर्ड गराएका छन् ।२०७० सालको संविधानसभा निर्वाचनमा उनी तत्कालिन एकीकृत नेकपा माओवादीको तर्फबाट संविधानसभा सदस्य भएका थिए । हाल टुहुरे नेकपा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार रहेका थिए । उनको एक श्रीमती एक छोरा र चार छोरी छन् ।

 

तपाइँको प्रतिक्रिया ।