गोकर्णेश्वर नगरपालिकाले तीन महिने ढाका बुनाइ तालिम संचालन गर्ने
कपन अनलाइन
काठमाडौँ, भाद्र १० । गोकर्णेश्वर नगरपालिकाले ढाका बुनाइ तालिम संचालन गर्ने बारे सार्वजनिक सूचना जारी गरेको छ। प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्यले जारी गरेको उक्त सुचनामा चालु आर्थिक बर्ष २०७८/७९ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार १५ जना उद्यमी महिलाहरुको लागि ३ महिना अवधिको आधारभूत ढाका बुनाइ तालिम संचालन गरिने भएको हुँदा उक्त तालिम लिन इच्छुक ब्यक्तिहरुले गोकर्णेश्वर नगरपालिका क्षेत्र भित्र स्थायी रुपमा बसोबास गरेको प्रमाण सम्पर्क टेलिफोन/ मोबाइल नम्बर सहित नगरपालिका कार्यलयको सामजिक विकास शाखामा २०७८ साल भाद्र १६ गते सम्म निवेदन पेश गर्न सार्वजनिक सुचना मार्फत अनुरोध गरिएको छ ।
तपाइँको प्रतिक्रिया ।