नेकपा एमाले ओखलढुंगाको बैठक सम्पन्न,सबै पालिकामा सहजीकरणको जिम्मेवारी तोकियो

कपन अनलाइन

काठमाण्डौ ,भाद्र ८।

नेपाल कम्युनिस्ट पार्टी ओखलढुंगा जिल्ला कमिटीको बैठक सम्पन्न भएको छ। भाद्र ७ र ८ गते गरी दुई दिन भएको जिल्ला कमिटीको बैठकले जिल्लाका ८ वटै स्थानीय तहमा असोज ३ गते हुने वडा अधिवेसन र ९ गते हुने पालिका अधिवेशन तथा संगठित सदस्यता नवीकरण लगायतका कामहरुको सहजीकरणका लागि जिम्मेवारी तोकेको छ।

नेकपा एमाले ओखलढुंगा जिल्ला कमिटीका अध्यक्ष केदारबाबुबस्नेतको अध्यक्षतामा बसेको बैठकले जिल्लाका सबै नागरिकलाई कोरोना विरुद्धको खोप उपलव्ध गराउन र  त्यसमा बालबालिकालाई  प्राथमिकतामा राखेर पठन पाठन शुरु गर्न सरकार समक्ष माग गरेको जिल्ला सचिव तिर्थ सुवेदीले जानकारी दिएका छन।

भाद्र १५ गते भित्र जिल्लाका ७५ वटै वडामा संगठित सदस्यता नवीकरणको काम सम्पन्न गर्ने निर्णय गरेको सो बैठकले जिल्लामा समानान्तर गतिविधि गरिरहेका नेता तथा कार्यकर्ताहरुको व्यवस्थापनका गरी पार्टी काममा सक्रिय बन्ने वातावारण मिलाउनका लागि समन्वय गर्नका लागि तिर्थ सुवेदी र शंकर कटवाललाई जिम्मेवारी दिएको छ।

नेकपा एमाले केन्द्रीय कमिटी सदस्य किशोर अधिकारी , प्रदेस नं १ का भौतिक पूर्वाधार मन्त्रि अम्बिरबाबु गुरुङ लगायतको उपस्थितिमा बसेको सो बैठकले ८ स्थानीय तहमा सहजीकरणका लागि निम्न जिम्मेवारी तोकेको छ ।

स्थानीय तह र जिम्मेवारी :   

१. चिसंखुगढी गाउँपालिका  – केदारबाबु बस्नेत र अशोक थापा

२.माने भन्ज्यांग गाउँपालिका – किशोर अधिकारी ,सिताराम गुरुङ र तिर्थ सुवेदी

३.सुनकोशी गाउँपालिका – तिर्थ सुवेदी र सुनिल खड्का

४.चम्पादेवी गाउँपालिका – सुरेश थापा र जगत लुइँटेल

५.लिखु गाउँपालिका – नानी बाबु बुढाथोकी र शान्ता ढुंगेल

६.खिजीदेम्बा गाउँपालिका – उत्तम राई र कमल न्यौपाने

७.मोलुंग गाउँपालिका – सकुन्तला राज भण्डारी र भवनाथ पौडेल

८. सिद्दीचरण नगरपालिका – मोहन श्रेष्ठ र शंकर कटवाल

 

तपाइँको प्रतिक्रिया ।