गोकर्णेश्वर १ सुन्दरीजल ओख्रेनीमा नवनिर्मित बोधिस्तुपा  उद्घाटन 

कपन अनलाइन

काठमाडौँ, भाद्र ८ । गोकर्णेश्वर नगरपालिका वडा नं १ सुन्दरीजल ओख्रेनीमा नवनिर्मित बोधिस्तुपा  उद्घाटन गरिएको  छ । गोकर्णेश्वर नगरपालिकाको  आर्थीक बर्ष  २०७७/७८को  नगरस्तरीय योजना तथा कार्यक्रमबाट विनियोजित रकम रु दश लाख लागत र ४५ हजार चन्दा बाट निर्माण गरिएको बोधिस्तुपाको सोमबार एक कार्यक्रमका बीच गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले उक्त बोधिचैत्यको उद्घाटन गरेका हुन् ।

 गुम्बा व्यवस्थापन समिति तथा गैरीगाउ गुठि परिवारको आयोजनामा भएको उक्त कार्यक्रममा  बिशेष अतिथिको रुपमा  गोकर्णेश्वर नगरपालिका वडा नं १ का वडा अध्यक्ष राम मानन्धर वडा सदस्य आइते मान लामा, प्रमुख लामा पवन लामा, लोपेन दोर्जे साङबो, गोकर्णेश्वर नगरपालिकाका खेलकुद संयोजक संजय लामा, लगायत स्थानीयको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता गुम्बा व्यवस्थापन समितिका अध्यक्ष पूर्ण बहादुर तामाङले गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।