प्रदेस सभा सदस्य कुसुम कुमार कार्कीले नेकपा एमाले छाडे,नेकपा एकीकृत समाजवादीमा सक्रिय
कपन अनलाइन
काठमाण्डौ ,भाद्र ८।
२०७४ शालको प्रदेस सभा निर्वाचनमा नेकपा एमालेको तर्फ बाट काठमाण्डौ क्षेत्र नं ४ (२ ) मा निर्वाचित बनेका कुसुम कुमार कार्कीले नेकपा एमाले छाडेका छन।
सुर्य चिन्हमा तिन वटा निर्वाचनमा बिजयी बनेका कार्कीले भाद्र ७ गते होटल हार्दिकमा भएको प्रस्तावित नेकपा एकीकृत समाजवादीको बैठकमा सहभागिता जनाउदै कार्कीले करिव चार दशक लामो नेकपा एमालेको यात्रालाई विश्राम दिएका हुन।
साविक महांकाल गाविसको २०४९ शालमा उपाध्यक्ष ,२०५४ शालमा अध्यक्ष र २०७४ शालमा प्रदेस सभा सदस्यमा सुर्य चिन्हमा बाट निर्वाचित बनेका उनि अहिले खुल्ला किताव ! ( कलम हुन सक्ने सम्भावना) समाउन पुगेका हुन।
नेकपा एमालेमा विवाद चलिरहदा काठमाण्डौ जिल्लामा गठन भएको समानान्तर कमिटीको सचिव रहेका कार्की नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ को दुई पटक क्षेत्रीय अध्यक्षमा निर्वाचित भएका थिए।
नँया पार्टीको नाम र चिन्ह जुनसुकै भएपनि आगामी राजनीतिक यात्रा त्यतै हुने प्रस्ट पार्दै प्रदेस सभा सदस्य कार्कीले अवका दिनमा काठमाण्डौ जिल्लाको संगठन विस्तार र पार्टी निर्माणमा सक्रिय बन्ने बताएका छन।
नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य सावित्रा भुषाल,बागमती प्रदेस सभा सदस्य तथा समानान्तर कमिटीका जिल्ला अध्यक्ष बसन्त मानन्धर, रमा आले मगर सहित प्रदेस कमिटी सदस्य ,जिल्ला पदाधिकारी र नगर संयोजकहरु सहित होटल हार्दिकमा भएको बैठकले विभिन्न निर्णय गरेको थियो।