गिरिजा प्रसाद कोइराला फाउण्डेशन काठमाण्डौं क्षेत्र नं. ४(२) को रक्तदान सम्पन्न

कपन अनलाइन

काठमाडौं, भाद्र ६।

गिरिजा प्रसाद कोइराला फाउण्डेशन काठमाण्डौं क्षेत्र नं. ४(२) को रक्तदान सम्पन्न भएको छ। बुढानिलकण्ठ नगरपालिका वडा नं १३ नौलिन भद्रकाली मन्दिरमा भएको सो रक्तदान कार्यक्रममा ६९ जनाले रक्तदान गरेका थिए।

काठमाण्डौ क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य गगन कुमार थापाको प्रमुख आतिथ्यमा र बागमती प्रदेस सभा सदस्य न्युछे नारायण श्रेष्ठको उपस्थितिमा भएको सो रक्तदान कार्यक्रममा रक्तदाता र सहयोगीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो।

“रक्तदान नै जीवनदान” भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै कोरोनाको महामारीमा रगतको अभावका कारण कसैले पनि अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने उदेश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको बताउदै संयोजक विजेन्द्र श्रेष्ठले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए ।

तपाइँको प्रतिक्रिया ।