चार मुक्तक : ओम परियार

चार मुक्तक : ओम परियार

कपन अनलाइन
काठमाडौं, भाद्र ५ ।

युवा सक्ति परदेशमा जीवन गाल्न पर्नी ।
देश द्रोही धमिरालाइ बासरी पाल्न पर्नी ।
सके राम्रो योजन दिनु नसके बसी खानु
आमा माथी गिद्देनजर लाउने ढाल्न पर्नी ।।

याम सि सि पास गराउन मोटो रकम खाएँ ।
बडो राम्रो भनी गुणगान उस्कै बखान गाएँ ।
काहाँ कति धोक्रो भरीभए छैन हिसाब पनि,
पोल खुल्ला भन्ने डरत्रास दैलो दैलोमा धाएँ ।।

जाहाँ जाउ देशको लागी भलाई सोच्नु पर्छ ।
भेष भुषा संस्कृति हाम्रो सधैँवा खोज्नु पर्छ ।
मिठी बोली अनेक चाला लुकाई दिने स्वार्थ,
कप्टी आत्म पछाडी पारी दुनिया रोक्नु पर्छ ।।

आशुको मुल्या हुँदैन सहज बैमानी खालको ।
धोकाको पाठ पडाई असर जुहारी खालको ।
सुजाब कस्तो बुझाई फरक आशमा मितेरी,
मनमा खोट चाकडी डलर भिकारी खालको ।।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।