आधुनिक श्रीमती : बीडी त्यागी (कविता )
कपन अनलाइन
काठमाडौं, भाद्र ५ ।
श्रीमती आफ्नो कपाल ठूटो पारी काटिन ।
आफ्नो श्रीमान्लाई पनि अरु सङ्गै साटिन् ।
प्रजातान्त्र उनलाई आयो सबै भन्दा बढी ।
म्याक्स लगाइ हिड्ने गर्छिन स्कुटर पनि चढी ।
दुबै ओठमा कालो पालिस आँखा माथि नीलो ।
बेल बटम लाउने गर्छिन आएछ लौ पिलो ।
ऐया आधु गर्दै हिड्िछन् आजभोलि काममा ।
नोट पाए राख्ने गर्छिन आफ्नै उहीँ खाममा ।
अस्ति एउटा जुत्ता किनिन एक कुरिच अग्लो ।
लुगा सबै छोटा भए कुनै छैन सग्लो ।
घ्याम्पो जत्रो भुडी हल्लाइ गुडी दिन्छिन सलल ।
श्रीमान् भने बाहुन परे उनी खोज्छिन मल्ल ।
बिहान हिड्या अफिस उनी आइपुगिन बल्ल ।
न्यु ब्रान्ड बाइक चढी सज्जन शीत सल्ल ।
नोटको बिटा बोकी उनी बनी निकै झल्ल ।
क्यान्सर उनको साथी थियो एड्स पनि ल्याइछिन ।
यत्ति काम गर्न उनले कसरी पो भ्याइछिन ।
आधुनिक श्रीमती हुन् मिलाइ हालिन टाइम ।
हिप्पी सिप्पी फेला पारिन भइहाल्यो क्राइम ।
दश वर्ष आयु उनको कति छ र बाँच्नु ।
पाको बेला किन भाइ जोडले न नाच्नु ?
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक