कोभिड- १९ बिरुद्दको चाइनिज भेरोसेल खोप लगाउन टोखा नगरपालिका प्रमुखको अपिल
कपन अनलाइन
काठमाडौं,भाद्र ४ । टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारीको कोभिड १९ बिरुद्दको चाइनिज भेरोसेल खोप लगाउन अपिल गरेका छन । उनले टोखा नगरपालिकामा भाद्र ४ गते आज र भोलि ५ गते १८ बर्ष माथिकालाइ कोभिड बिरुद्दको भेरोसेल खोप लगाइने भएकोले १८ बर्ष माथिकालाइ खोप लगाउन अनुरोध गरेका हुन । उनले जन स्वास्थ्यको मापदण्ड पालना गरि निम्न खोप केन्द्रमा गइ खोप लगाउन अनुरोध गरेका छन ।
खोप केन्द्रहरु
१) बौडेश्वर माबी
२) वडा नं २ वडा कार्यलय
३) सरस्वती माबी वडा नं ३
४) धापासी माबी वडा नं ४
५) श्री समाज भवन वडा नं ५
६) व्हाइट माउन्टेन स्कुल हरियाली बस्ति
७) तिलिङटार माबी वडा नं ७
८) गोंगबु स्वास्थ्य चौकी वडा नं ८
९) लार्के आवासीय माबी गोंगबु
१०) मनोहर स्कुल सामाखुसी
११) सामुदायिक भवन वडा नं ११ मा खोप सेवा संचालन हुने जानकारी गराइएको छ ।
तपाइँको प्रतिक्रिया ।