९०० घरले पानी खाने जोरधारालाई गगन थापाले किन महत्व दिएनन् ?
कपन अनलाइन\२० फाल्गुण, २०७१
कपनको मात्र नभएको देशकै ठूला खानेपानीसँग सम्बन्धित संस्थाहरुमध्ये एक जोरधारा खानेपानी संस्थाले यस वर्ष यस क्षेत्रका सभासद गगन थापाबाट ठूलो सहयोगको आशा गरेको थियो । गत वर्ष वर्षामा गएको पहिरोले संस्थाको ४ लाख लिटरको ट्यांकीसँगैको भत्किएको पर्खाल बनाउने प्रयासमा रहेको जोरधाराको नयाँ कार्य समितिले सभासद थापालाई पटक पटक समस्याको जानकारी दिएको थिए । सभासद थापाले २ पटक जोरधाराको अवस्थाको बारेमा जानकारी लिने क्रममा निरीक्षणसमेत गरेका थिए । त्यसैगरी जोरधाराको भर्खरै भएको नयाँ कार्य समिति निर्माणसहितको साधारणसभाका सभासद थापा नै प्रमुख अतिथि पनि बनेका थिए ।
जोरधाराको अवस्था तथा यसको विकासका लागि भनेर पुरानो तथा नयाँ कार्यसमितिले सभासद थापालाई उनको संसदीय कार्यालय तथा निवासमा पनि पुगेर भेट तथा अवस्थाको जानकारी गराएको थियो । थापाले जोरधारालाई राम्रै सहयोग गर्ने जानकारी गराउँदै आएका थिए । तर सभासद गगन थापाको संसद विकास कोषको रु. १ करोडको बजेट सार्वजनिक हुँदा जोरधारालाई एक पैसा पनि नपरेपछि जोरधारा संस्था तथा सरोकारवालाहरु छक्क परेका छन् । कपनको जोरधाराको सरोकारवाला क्षेत्र गत संबिधानसभामा सभासद थापालाई अत्याधिक मत दिने क्षेत्रको रुपमा चिनिन्छ । सभासद थापाको संसदीय विकास कोषको १ करोड रकममा जोरधारा खानेपानीलाई एकपैसा नपरेपछि जोरधाराको अध्यक्षसहितको ५ सदस्यीय समितिले गगन थापालाई भेट्ने काम गरेको छ । भेटका क्रममा सभासद थापाले अब नगरपालिकाबाट केही बजेट पारिदिने आश्व