ओखलढुंगामा दल विभाजन अध्यादेस विरुद्ध अनेरास्ववियु र युवा संघको प्रदर्शन
कपन अनलाइन
काठमाण्डौ , भाद्र ३।
ओखलढुंगामा अनेरास्ववियु र रास्ट्रीय युवा संघ नेपालले दल विभाजन अध्यादेस विरुद्ध प्रदर्शन गरेको छ। सरकारले नेकपा विभाजनको गलत उदेस्यले दल विभाजन अध्यादेस ल्याएको भन्दै ओखलढुंगामा अनेरास्ववियुले अध्यादेस जलाएको हो।
अनेरास्ववियु केन्द्रीय कमिटीकाे सर्कुलर बमोजिम अनेरास्ववियु केन्द्रीय सदस्य अशेष श्रेष्ठकाे नेतृत्वमा अनेरास्ववियु जिल्ला कमिटी सचिव अर्जुन गिरी, राष्ट्रिय युवा संघ केन्द्रीय सदस्य साेचन शाक्य, जिल्ला कमिटी उपाध्यक्ष जिन्दल श्रेष्ठ, युथ फाेर्स उपप्रमुख बिबेक तामाङ, अनेरास्ववियु नगर कमिटी ईन्चार्ज सविन कार्की लगायतले साँझ ६ बजे सरकारले ल्यायकाे अध्यादेस जलाएका थिए।
तपाइँको प्रतिक्रिया ।