नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ को सचिवमा बिनोद लामिछानेको दावी
कपन अनलाइन
काठमाण्डौ ,भाद्र २।
नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ को सचिवमा बिनोद लामिछानेले दावी गरेका छन। बुढानिलकण्ठ नगरपालिका वडा नं २ निवासी लामिछानेले काठमाण्डौ क्षेत्र नं ४ मा नेपाली कांग्रेसलाई थप मजबुत र शशक्त बनाउदै आगामी स्थानीय ,प्रदेस र संघीय निर्वाचनमा विजयी बनाउनका लागि सचिवमा दावी गरेको बताएका छन।
२०४६ शालामा नेपाल विद्यार्थी संघको सदस्यका रुपमा सक्रिय राजनीति शुरु गरेका लामिछाने २०५४ शालमा भएको स्थानीय निकायको निर्वाचनमा साविक चपली गाविस वडा नं ८ को वडा अध्यक्षका प्रत्यासी रहेका थिए।
२०५२ शालमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता प्राप्त गरेका लामिछाने २०४९ शालमा भएको प्रतिनिधि सभाको निर्वाचन देखि हरेक निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारहरुलाई विजयी बनाउनका लागि विभिन्न भूमिकाका सक्रिय रहेका थिए।
राजनीति संगै विभिन्न सामाजिक संस्था,टोल सुधार समिती,उपभोक्ता समिती र अन्य संयन्त्रमा रहेर योगदान दिएका लामिछानेले तिन दशक भन्दा बढी समय देखि पार्टीका आधिकारिक उम्मेदवार र पार्टीलाई जिताउन सक्रिय रहेको स्मरण गर्दै क्षेत्रीय सचिवमा आफ्नो शसक्त दावी रहने बताएका छन।