गोकर्णेश्वरमा आज दुइ खोप केन्द्रमा अस्ट्राजेनीका खोपको पहिलो मात्रा लगाइने
कपन अनलाइन
काठमाडौँ, भाद्र २। गोकर्णेश्वर नगरपालिकाले कोभिड १९ बिरुद्दको अस्ट्राजेनीका खोपको पहिलो मात्रा लगाउने सार्वजनिक सुचना जारि गरेको छ । प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्य द्वारा जारि गरिएको उक्त सुचनामा कोरोना भाइरस बिरुद्दको खोप नलगाएका १८ बर्ष भन्दा माथिको उमेर भएका ब्यक्तिहरुलाई आज भाद्र २ गते बिहान ११ बजे देखि अपरान्ह ४ बजे सम्म श्री बालुवा स्वास्थ्य चौकी गोकर्णेश्वर ३ र श्री शान्ति आदर्श माध्यमिक बिद्यालय गोकर्णेश्वर ५ मा कोभिड १९ बिरुद्दको अस्ट्राजेनीका खोप लगाइने भएको हुँदा खोप सेवा लिनको लागि अनुरोध गरिएको छ ।
तपाइँको प्रतिक्रिया ।