महानगरीय प्रहरी बृत्त बौद्धको फुटपाथ सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाडौँ, श्रावण ३२ ।महानगरीय प्रहरी बृत्त बौद्धले फुटपाथ सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । आज काठमाडौं महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष दिपेन्द्र लामाको उपस्थिति तथा महानगरीय प्रहरी बृत्त बौद्धबाट खटी गएको प्रहरी टोली र ट्राफिक प्रहरीको सहभागीतामा काठमाडौं महानगरपालिका वडा नं ६ बौद्ध पिपलबोट देखि टुसाल सम्म सडकपेटीको दुबै साईडमा अव्यवस्थित तरिकाले पार्किङ गरि राखिएका सवारी साधनहरु,ठेलागाडा तथा फुटपाथ पसलहरु व्यवस्थित रुपमा राख्नको लागि सम्बन्धित पक्षलाई जानकारी गराई अव्यवस्थित रुपमा पार्किङ गरिएका सवारी साधनहरुलाई आवश्यक कारबाहीसमेत गरिएको प्रहरीले जानकारी गराएको छ ।
तपाइँको प्रतिक्रिया ।