बुढानीलकण्ठ नगरपालिका वडा नं १ मा आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन

बुढानीलकण्ठ नगरपालिका वडा नं १ मा  आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन

कपन अनलाइन

काठमाण्डौ ,साउन ३०  ।

बुढानीलकण्ठ नगरपालिका वडा नं १ मा  आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन गरिएको  छ। बू.न.पा १ स्थित तौलुङ्ग चौतारामा रहेको सार्वजनिक भवन र ङाग्युर झ्याङ्तेर दार्ग्येलिङ सार्वजनिक गुम्बा प्राङ्गणमा विशेष कार्यक्रम मार्फत केन्द्र उत्घाटन गरिएको हो । उक्त भवनमा विभिन्न किसिमका औपचारिक कार्यक्रम, तालिम तथा बैठकहरुको आयोजना हुँदै आईरहेको छ ।

उद्घाटन कार्यक्रममा उपस्थित प्रमुख अथिति बूढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख उद्धव प्रसाद खरेलले उक्त स्वास्थ्य केन्द्रको उद्घाटन भएकोमा बधाई दिँदै आफू गा.वि.सको अध्यक्षका रुपमा रहँदा देखि हालसम्म भएका प्रगति तथा विकासका सपनाहरु पूरा हुदैँ गएको बताएका थिए  ।

कार्यक्रममा विशेष अतिथि उपप्रमुख रमादेवी राईले उक्त केन्द्रको शुरुवात भएकोमा बधाई दिँदै यसको प्रचार तथा स्वास्थ्य केन्द्रमा सबैको पहुँच र सेवाहरुलाई व्यवस्थित गर्दै लग्नका लागि शुभकामना व्यक्त गरेकी थिइन् ।

स्वास्थ्य सम्बन्धि कुनै पनि किसिमका आधारभूत सेवा प्राप्त गर्नका लागि उक्त भेगका व्यक्तिहरुलाई सहजता प्रदान गर्दै उक्त केन्द्रको स्थापना गरिएको बताउदै  वडा अध्यक्ष सुरेन्द्र लामाले  डाक्टरहरुको परामर्श तथा निःशुल्क स्वास्थ्य शिविरहरु समेत सञ्चालन गरि वडावासीहरुलाई थप स्वास्थ्य सेवाहरुको उपलब्धता गरिने अध्यक्ष लामाले प्रतिवद्धता जनाएका थिए ।

सो  उद्घाटन कार्यक्रममा नगरपालिकाका प्रमुख उद्धव प्रसाद खरेल, उप-प्रमुख रमादेवी राई, कार्यकारी प्रमुख राजेन्द्र कार्की, नगर स्वास्थ्य महाशाखाका प्रमुख कुमार प्रसाद दाहाल, स्वास्थ्य महाशाखाका कर्मचारी, स्वास्थ्य स्वयंसेविकाहरु, वडा नं १ र वडा नं २ का जनप्रतिनिधिहरु, वडाका विभिन्न राजनितिक दलका नेता तथा वडाका बुद्धिजिवि, वडा वासीहरु लगायतको उपस्थिति रहेको थियो।

तपाइँको प्रतिक्रिया ।