संगठन विस्तारको अभियानमा नेकपा माओवादी केन्द्र बुढानिलकण्ठ

संगठन विस्तारको अभियानमा नेकपा माओवादी केन्द्र बुढानिलकण्ठ

कपन अनलाइन

काठमाण्डौ ,साउन २७।

नेकपा माओवादी केन्द्र बुढानिलकण्ठले नगरपालिकामा संगठन विस्तार र परिचालनको अभियान शुरु  गरेको छ। बुढानिलकण्ठ नगरपालिकाका १३ वटै वडाहरुमा बैठक ,छलफल र भेला आयोजक समिती गठनलाई तीव्रता दिएको  माओवादी केन्द्रले वडा नं ११ मा भेला आयोजक समिती गठन गरेको छ।

वडा नं ११ को मनकामना हाइट रेस्टुरेन्टमा आयोजना गरिएको भेलाले कृष्ण कुमार भट्टराईको संयोजकत्वमा २१ सदस्यिय वडा भेला आयोजक कमिटी गठन गरेको हो।

नेकपा माओवादी केन्द्र बागमती प्रदेस कमिटी सदस्य तथा काठमाडौ क्षेत्र नं ४ इन्चार्ज बिदुर खड्काको प्रमुख आतिथ्यता र काठमाडौ जिल्ला कार्यालय सदस्य महेश्वर फुयालको विशेष आतिथ्यता रहेको भेलामा  जिल्ला कार्यालय सदस्य अमर बिक जिल्ला कमिटी सदस्यहरु राजकुमार कार्की कुसुम बिक, डम्बर अधिकारी,उद्दव चौलागाईं राजेन्द्र श्रेष्ठ लगायत अतिथि रहेका थिए।

संगठन निर्माण ,विस्तार र परिचालनका लागि प्रशिक्षण समेत प्रदान गरिएको सो भेलामा  बुढानीलकण्ठ नगर पार्टी सम्मेलन आयोजक कमिटीका  संयोजक रबिन अधिकारी , ठाकुर प्रसाद खकुरेल , शिव प्रसाद बजगाईं, सुबास कुमार राई , कुमार प्रसाद खरेल, सन्त कुमार तामाङ्ग ,टीका नगरकोटी, जितेन्द्र खड्का , रेवत राज तिम्सिना, सर्की ल्हमु शेर्पा, बिक्रम अधिकारी, सुमिरा भन्डारी, सुरेन्द्र गौतम लगायतको उपस्थिति रहेको थियो।

 

तपाइँको प्रतिक्रिया ।