तारकेश्वर नगरपालिकाको कोभिडशिल्ड खोप लगाएकाहरुलाई अत्यन्तै जरुरी सुचना
कपन अनलाइन
काठमाडौं ,श्रावण २४। तारकेश्वर नगरपालिकाले कोभिड १९ बिरुद्दको कोभिड शिल्ड दोस्रो मात्रा खोप लगाउने सम्बन्धि सार्वजनिक सुचना जारी गरेको छ । जन स्वास्थ्य अधिकृत बिनोद कुमार शाहले जारी गरेको सुचनामा कोभिड बिरुद्दको कोभीशिल्ड खोपको पहिलो मात्रा लगाएका ब्यक्तिहरुलाई २०७८ साल श्रावण २५ गते देखि २०७८ साल श्रावण २६ गते सम कोभिड बिरुद्द अस्ट्राजेनिका खोप कोभिडशिल्ड खोपको पहिलो मात्रा खोप लगाएकालाइ दोस्रो मात्रा लगाउने कार्यक्रममा पहिलो मात्रा खोप लगाई दोस्रो मात्रा लगाउन बाँकी ६५ बर्ष वा सो भन्दा माथि समुहका सबै नागरिकहरुलाई पहिको खोप लगाएको खोप कार्डको आधारमा निम्न खोप केन्द्रमा खोप लगाइने भएको हुँदा आफुलाई पायक पर्ने खोप केन्द्रमा vaccine.mohp.gov.npमा अनिवार्य विधुतीय दर्ता गरि दर्ता नम्बर लिएर पहिलो मात्रा खोप लगाएको खोप कार्ड सहित बिहान १० बजे देखि अपरान्ह ४ बजे सम्म जानको लागि सार्वजनिक सुचना मार्फत अनुरोध गरिएको छ ।
खोप केन्द्रहरु
१) साङला प्राथमिक स्वास्थ्य केन्द्र वडा नं १
२) काभ्रेस्थली स्वास्थ्य चौकी वडा नं २
३) जितपुरफेदी स्वास्थ्य चौकी वडा नं ३
४) वडा नं ४ को वडा कार्यालय लोलांग वडा नं ४
५) गोलढुंगा स्वास्थ्य चौकी वडा नं ५
६) ग्रामसेवा माध्यमिक बिध्यालय धर्मस्थली वडा नं ६
७) फुटुंग स्वास्थ्य चौकी वडा नं ७
८) मन मैजु स्वास्थ्य चौकी वडा नं ८
९) शहरी स्वास्थ्य केन्द्र ९ वडा नं ९
१० शहरी स्वास्थ्य केन्द्र १० वडा नं १०