गोकर्णेश्वरमा शुक्रबार ३ हजार ८ सय जनाले  कोरोना बिरुद्द् भेरोसेल खोपको दोस्रो मात्रा लगाए

गोकर्णेश्वरमा शुक्रबार ३ हजार ८ सय जनाले  कोरोना बिरुद्द् भेरोसेल खोपको दोस्रो मात्रा लगाए

कपन अनलाइन

काठमाडौँ, श्रावण २३ । गोकर्णेश्वर नगरपालिकामा शुक्रबार श्रावण २२ गते ३ हजार ८ सय जनाले  कोरोना बिरुद्द् भेरोसेल खोपको दोस्रो मात्र लगाएका  छन । नगरपलिकाले खोप लगाउन सहज होस् भनेर  छ वटा खोप केन्द्र संचालनमा  ल्याएको छ । श्रावण २४ गते सम्म चल्ने उक्त खोप कार्यक्रममा शुक्रबार १७ २५ जना पुरुष र २०७५ जना महिला गरि कुल ३ हजार ८ सय जनाले  कोरोना बिरुद्द् भेरोसेल खोपको दोस्रो मात्र लगाएको हो खोप कार्यक्रम श्रावण २४ गते सम्म चल्ने नगरपालिकाले जनाएको छ ।नगरपालिकाले निम्न खोप केन्द्र बाट खोप कार्यक्रम संचालन गरिरहेको छ ।

ओख्रेनी माबी गोकर्णेश्वर १ सुन्दरीजल,

सहयोगी माबी, गोकर्णेश्वर ४

गोकर्णे माबी गोकर्णेश्वर ४ (पाटीचौर)

अरुणोदय माबी आरुबारी गोकर्णेश्वर ९

चामुण्डा माबी गोकर्णेश्वर ६ नारायणटार जोरपाटी

र चार्ल्स डार्बिन एकेडेमी गोकर्णेश्वर ६ बन्चेटार नयाबस्ती

 

 

 

तपाइँको प्रतिक्रिया ।