नागार्जुन नगरपालिकाले कोभिड १९ बिरुद्दको भेरोसेल खोपको दोस्रो मात्राको लागि खोप केन्द्र तोक्यो
कपन अनलाइन
काठमाडौं,श्रावण २२ । नागार्जुन नगरपालिकाले कोभिड १९ बिरुद्द खोप सम्बन्धी सार्वजनिक सुचना जारी गरेको छ । नगर प्रमुख मोहन बहादुर बस्नेतले जारी गरेको सुचनामा २०७८ साल श्रावण २२ गते देखि २०७८ साल श्रावण २४ गते सम्म बिहान १० बजे देखि अपरान्ह ४ बजे सम्म भेरोसेल खोपको पहिलो मात्र लगाई २१ दिन पुरा भएका व्यक्तिलाई सो खोपको दोस्रो मात्रा लगाइने हुँदा पहिलो खोप लगाएको कार्ड र विधुतीय दर्ता गरेको प्रिन्ट वा फोटो सहित नम्बरको आधारमा आफुलाई पायक पर्ने निम्न खोप केन्द्रमा गइ दोस्रो मात्रा लगाउनको लागि अनुरोध गरिएको छ ।
खोप केन्द्रहरु
१) शहरी स्वास्थ्य केन्द्र वडा नं १
२) शहरी स्वास्थ्य केन्द्र वडा नं २
३) इचंगुनारायण स्वास्थ्य चौकी वडा नं ३
४ ) पिपल्स एकेडेमि सितापाइला वडा नं ४
५) इलाइन मेमोरियल थापा चोक वडा नं ५
६) रत्न राज्य मा.बी रामकोट
७) शहरी स्वास्थ्य केन्द्र वडा नं ७
८) भिमढुंगा स्वास्थ्य चौकी वडा नं ८
९) वडा कार्यालय वडा नं ९
१०) स्युचाटार स्वास्थ्य चौकी वडा नं १० तोकिएको छ ।