ओखलढुंगामा बोलेरोको ठक्करबाट मोटरसाईकल चालक गम्भिर घाइते
कपन अनलाइन
काठमाडौं, श्रावण २१ । ओखलढुंगा–रामपुर सडकखण्डमा बिहिबार बिहान बोलेरो गाडीले मोटरसाईकललाई ठक्कर दिदाँ मोटरसाईकल चालक गम्भिर घाइते भएका छन् ।ओखलढुंगा–रामपुर सडकखण्ड अन्तरगत मोलुङ गाउँपालिका १ झगरपुरमा ना ५ प २८१६ नम्बरको बोलेरो गाडीले बिपरीत दिशाबाट आईरहेको प्रदेश २ को ०१७ प ०२०७ नम्बरको मोटरसाईकललाई ठक्कर दिदाँ मोटरसाईकल चालक मोलुङ १ कुन्तादेबीका २४ बर्षिय सुनिल फुयाल गम्भिर घाईते भएका हुन् ।
घाईते फुयालको दाहिने खुट्टा (घुडामुनी) दुईठाउमा भाँचिएको जिल्ला ट्राफिक प्रहरी ईन्चार्ज पदम प्रसाद भट्टराईले जानकारी दिएका छन् । रामपुरबाट ओखलढुंगा आउदै गरेको बोलेरोले ओखलढुंगाबाट रामपुर जाँदै गएको मोटरसाईकललाई ठक्कर दिएको ट्राफिक ईन्चार्ज भट्टराईले बताएका छन् ।
घाईते फुयाललाई तत्काल उद्धार गरी उपचारका लागी ओखलढुंगा सामुदायीक अस्पतालमा ल्याएको भएपनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागी काठमाण्डौ लगिएको छ। बोलेको ठक्करबाट मोटरसाईकलमा समान्य क्षती भएको छ। घटनापछि बोलेरो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।